ne_tw/bible/other/yeast.md

5.0 KiB
Raw Permalink Blame History

यिस्ट, खमिर, अखमिरी

परिभाषा:

"खमिर" मुछेको पिठोको डल्लोलाई फुलाउने र फैलाउने तत्व हो । "यिस्ट"चाहिँ विशेष किसिमको खमिर हो ।

  • केही अङ्ग्रेजी अनुवादहरूमा, खमिरको लागि शब्दलाई "यिस्ट" भनेर अनुवाद गरिएको छ, जुन आधुनिक खमिररी बनाउने आधुनिक तत्त्व हो जसले मुछेको पीठोको डल्लोलाई ग्यसका फोकाहरूले भर्छ र पकाउनुअघि यसलाई फुलाउँछ । यिस्टलाई पिठोमा हालिन्छ र यो उक्त मुछेको पिठोको पूरै डल्लोभरि फिँजिन्छ ।
  • पुरानो करारको समयमा, खमिरी हुने वा फुल्ने तत्त्व पैदा हुन पीठोलाई केही समयको लागि रहन दिइन्थ्यो । अर्को मुछेको पिठोलाई पनि खमिरी बनाउनको निम्ति त्यही मुछेको पिठोको सानो डल्लो राखिछोडिन्थ्यो ।
  • इस्राएलीहरू मिश्रबाट भाग्दा, तिनीहरूसँग मुछेको पिठोको डल्लोलाई फुल्न दिनलाई पर्खने समय थिएन, त्यसैले तिनीहरूले आफ्नो यात्रामा आफूसँगै लैजानको लागि खमिरविनाको रोटी बनाए । यसको सम्झनाको रूपमा, हरेक वर्ष यहूदीहरूले अखमिरी रोटी खाएर निस्तार चाड मनाउँछन् ।
  • "खमिर" वा "यिस्ट" शब्दलाई बाइबलमा कसरी पाप व्यक्तिको जीवनमा फैलिन्छ वा पापले अरू मानिसहरूलाई कसरी प्रभावित पार्न सक्छ भनी आलङ्‍कारिक रूपमा प्रयोग गरिएको छ ।
  • यसले झुटा शिक्षालाई जनाउन पनि सक्छ जुन प्रायः धेरै मानिसहरूमा फैलिन्छ र उनीहरूलाई प्रभाव पार्छ ।
  • परमेश्‍वरको राज्यको प्रभाव एउटा व्यक्तिबाट अर्को व्यक्तिमा कसरी फैलिन्छ भनेर व्याख्या गर्न "खमिर" शब्दलाई पनि सकारात्मक रूपमा पनि प्रयोग गरिन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • यसलाई “खमिर” वा “मुछेको पिठोको डल्लोलाई फुलाउने पदार्थ” वा "फुलाउने पदार्थ" भनी अनुवाद गर्न सकिन्छ । ”फुलिनु” लाई “फैलिनु” वा “ठुलो-ठुलो हुनु” वा “फुल्नु” भनेर व्यक्त गर्न सकिन्छ ।
  • रोटीलाई फुलाउनलाई कुनै स्थानीय फुलाउने पदार्थ प्रयोग गरिन्छ भने, त्यो शब्द प्रयोग गर्न सकिन्छ । यदि "खमिरी" बनाउने अर्थ भएको कुनै प्रचलित स्थायी शब्द छ भने त्यसैलाई प्रयोग गर्नु उत्तम हुन्छ ।

(यो पनि हेर्नुहोस्: मिश्र, निस्तार, अखमिरी रोटी)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2556, H2557, H4682, H7603, G01060, G22190, G22200