ne_tw/bible/other/assign.md

2.9 KiB
Raw Permalink Blame History

नियुक्त गर्नु, नियुक्त गरिएको, नियुक्ति, पुनःनियुक्त गर्नु

तथ्यहरूः

“नियुक्त गर्नु” वा “नियुक्त गरिएको” शब्दले कुनै विशेष काम गर्न कसैलाई दिइने जिम्मा वा एक वा धेरै मानिसहरूलाई कुनै थोक उपलब्ध गराउने कुरालाई जनाउँछन् ।

  • राजा शाऊलले इस्राएलका उत्कृष्‍ट जवान मानिसहरूलाई सेनामा सेवा गर्न “नियुक्त गर्ने थिए” भनी शमूएल अगमवक्ताले भविष्यवाणी गरे ।
  • मोशाले इस्राएलका बाह्र कुल हरेकलाई कनान देशको कुनै भाग “दिए”, ताकि तिनीहरू त्यहाँ बस्‍न सकून् ।
  • पुरानो करारको व्यवस्थामातहतमा इस्राएलका निश्‍चित कुलहरू पुजारी, कलकार, गायकहरू र निर्माणकर्ताहरूको रूपमा सेवा गर्न नियुक्त गरिन्थे ।
  • सन्दर्भअनुसार “नियुक्त गर्नु” लाई “दिनु” वा “चुन्‍नु” वा “… को लागि छान्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “नियुक्त गरिएको” लाई “जिम्मेवारी सुम्पिएको” वा “काम दिइएको” भनी अनुवाद गर्न सकिन्छ ।

(अनुवादको निम्ति सुझावहरूः नामहरूको अनुवाद)

(हेर्नुहोस्: नियुक्ति गर्नु, शमूएल, शाउऊल (पु.क.))

बाइबल सन्दर्भः

शब्द तथ्ताङ्कः

  • Strongs: H2506, H3335, H4487, H4941, H5157, H5307, H5414, H5596, H5975, H6485, H7760, G33070