ne_tw/bible/kt/appoint.md

2.7 KiB

नियुक्‍त गर्नु, नियुक्‍त गरिएको

परिभाषा:

शब्दहरू “नियुक्‍त गर्नु” र “नियुक्‍त गरिएको” ले विशेष कार्य वा भूमिका पुरा गर्नका लागि कसैलाई छान्‍ने कामलाई जनाउँछ ।

  • “नियुक्‍त हुनु” ले पनि कुनै कुरो प्राप्‍त गर्न छानिने कामलाई जनाउन सक्छ, जस्तैः “अनन्त जीवनको लागि नियुक्‍त भएको ।”
  • पदावली “नियुक्‍त गरिएको समय” ले कुनै घटनाको लागि परमेश्‍वरले “छान्‍नुभएको समय” वा “योजना गर्नुभएको समय” लाई जनाउँछ ।
  • “नियुक्‍त गर्नु” को अर्थ कुनै काम गर्नको लागि कसैलाई “आज्ञा दिनु” वा “तोक्‍नु” भन्‍ने पनि हुन सक्छ ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “नियुक्‍त गर्नु” लाई “छान्‍नु” वा “तोक्‍नु” वा “औपचारिक रूपमा छान्‍नु” वा “खटाउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “नियुक्‍त गरिएको” लाई “तोकिएको” वा “योजना बनाइएको” वा “निर्दिष्‍ट रूपमा छानिएको” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • १ शमूएल ०८:१०-१२
  • प्रेरित ०३:१९-२०
  • प्रेरित ०६:२-४
  • प्रेरित १३:४८-४९
  • उत्पत्ति ४१:३३-३४
  • गन्ती ०३:९-१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0561, H0977, H2163, H2296, H2706, H2708, H2710, H3198, H3245, H3259, H3677, H3983, H4150, H4151, H4152, H4483, H4487, H4662, H5324, H5344, H5414, H5567, H5975, H6310, H6485, H6565, H6635, H6680, H6923, H6942, H6966, H7760, H7896, G03220, G06060, G12990, G13030, G19350, G25250, G27490, G42870, G42960, G43840, G49290, G50210, G50870