ne_tw/bible/other/administration.md

3.0 KiB
Raw Permalink Blame History

प्रशासन, प्रशासक, प्रशासन गर्ने, अधिकारी, आधिकारिक, अगुवा

तथ्यहरू:

“प्रशासन” र “प्रशासक” शब्दले उचित किसिमले काम गर्न मदत गर्ने गरी कुनै देशका मानिसहरूलाई शासन गर्नु वा बन्दोवस्त गर्नु भन्‍ने जनाउँछ।

  • दानिएल र अन्य यहूदी जवान मानिसहरूलाई बेबिलोनका केही भागहरूमा प्रशासकहरू वा सरकारी कर्मचारीहरूका रूपमा नियुक्त गरिएको थियो ।
  • नयाँ करारमा प्रशासन पवित्र आत्माका वरदानहरूमध्ये एउटा वरदानको हो ।
  • प्रशासनको आत्मिक वरदान भएको व्‍यक्‍तिमा मानिसहरूलाई अगुवाइ गर्ने र शासन गर्नुका साथै भवनहरूको मर्मत र अन्य सम्पत्तिको रेखदेख गर्ने क्षमता हुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार, "प्रशासक"मा "राज्यपाल" वा "आयोजक" वा "प्रबन्धक" वा "शासक" वा "सरकारी अधिकारी" पर्छन् ।
  • "प्रशासन" शब्दलाई "शासन" वा "व्यवस्थापन" वा "नेतृत्व" वा "संगठन"को रूपमा अनुवाद गर्न सकिन्छ ।
  • "जिम्मामा दिनु" वा "हेरचाह गर्नु" वा "व्यवस्था मिलाउनु" जस्ता अभिव्यक्तिहरू सम्भवतः यी शब्दावलीहरूको अनुवादको अंश हुन सक्छन् ।

(हेर्नुहोस्: बेबिलोन, दानिएल, वरदान, राज्यपाल, हनन्याह, मीशाएल, अजर्याह)

बाइबलका दन्सर्भहरूः

शब्द तथ्याङ्कः

  • Strongs: H5532, H5608, H5632, H6213, H7860, G29410