ne_tw/bible/kt/gift.md

3.3 KiB

उपहार

परिभाषा:

शब्द “उपहार” ले कसैलाई दिइने कुनै पनि कुरोलाई जनाउँछ । कुनै पनि कुरो फिर्ता नपाउने अपेक्षासहित उपहार दिइन्छ ।

  • गरिब मानिसहरूलाई दिइने रुपियाँ-पैसा, खाना, वस्‍त्र वा अन्य थोकहरूलाई “उपहारहरू” भनिन्छ ।
  • बाइबलमा परमेश्‍वरलाई चढाइने भेटी वा बलिदानलाई पनि उपहार भनिएको छ ।
  • उद्धारको उपहार परमेश्‍वरले येशूमा ग्रहण गर्नेहरूलाई दिनुहुने कुरो हो ।
  • नयाँ करारमा अरू मानिसहरूको सेवाको लागि परमेश्‍वरले सबै ख्रीष्‍टियानलाई दिनुहुने विशेष आत्मिक योग्यताहरूलाई जनाउन पनि शब्द “उपहारहरू (वरदानहरू)” को प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

  • “उपहार” को लागि प्रयुक्‍त सामान्य शब्दलाई “दिइने कुरो” को अर्थ दिने कुनै शब्द वा पदावलीद्वारा अनुवाद गर्न सकिन्छ ।
  • कसैले परमेश्‍वरबाट आउने उपहार (वरदान) वा विशेष योग्यता प्राप्‍त गरेको सन्दर्भमा “पवित्र आत्माबाट आउने वरदान” लाई “आत्मिक योग्यता” वा “पवित्र आत्माबाट आएको विशेष योग्यता” वा “परमेश्‍वरले दिनुभएको विशेष आत्मिक खुबी” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः आत्मा, आत्मिक, पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी १२:१-३
  • २ शमूएल ११:६-८
  • प्रेरित ०८:२०-२३
  • प्रेरित १०:३-६
  • प्रेरित ११:१७-१८
  • प्रेरित २४:१७-१९
  • याकूब ०१:१७-१८
  • यूहन्‍ना ०४:९-१०
  • मत्ती ०५:२३-२४
  • मत्ती ०८:४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0814, H4503, H4864, H4976, H4978, H4979, H4991, H5078, H5083, H5379, H7810, H8641, G03340, G13900, G13940, G14310, G14340, G14350, G33110, G54860