ne_tw/bible/other/acknowledge.md

3.5 KiB
Raw Permalink Blame History

कबुल गर्नु,स्वीकार गर्नु, स्वीकार गरिएको

तथ्यहरू:

“स्वीकार” शब्दको अर्थ कुनै व्‍यक्‍ति वा वस्तुलाई उचित मान्यता दिनु हो ।

  • परमेश्‍वरलाई मानिलिने कुरोमा उहाँले भनेको कुरो सत्य छ भनी देखाउने काम पनि पर्दछ ।
  • परमेश्‍वरलाई मानिलिने मानिसहरूले उहाँको आज्ञा पालन गरी यसलाई देखाउँछ, जसले उहाँको नाउँमा महिमा ल्याउँछ ।
  • कुनै कुरोलाई मानिलिनुको अर्थ त्यसलाई कर्म र वचनहरूले पुष्‍टि गर्ने गरी त्यो साँचो हो भनी विश्‍वास गर्नु हो ।

अनुवादका निम्ति सुझावहरू:

  • केही सत्य छ भनेर स्वीकार गर्ने सन्दर्भमा, "स्वीकार" लाई "अङ्गीकार गर्नु" वा "घोषणा गर्नु" वा "सत्य हो भनी स्वीकार" वा "विश्‍वास गर्नु" भनी अनुवाद गर्न सकिन्छ ।
  • एक व्यक्तिलाई स्वीकार गर्ने सन्दर्भमा, यो शब्दलाई "स्वीकार गर्नुहोस्" वा "को मूल्य पहिचान गर्नुहोस्" वा "अरूलाई भन्‍नुहोस् कि (व्यक्ति) विश्‍वासी छ" भनेर अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वलाई स्वीकार गर्ने सन्दर्भमा, यसलाई "विश्‍वास गर्नु र परमेश्‍वरको आज्ञा पालन गर्नु" वा "परमेश्‍वर को हुनुहुन्छ भनी घोषणा गर्नु" वा "परमेश्‍वर कति महान् हुनुहुन्छ भनी अरू मानिसहरूलाई बताउनु" वा "परमेश्‍वरले जे भन्‍नुहुन्छ र गर्नुहुन्छ सो सत्य हो भनी स्वीकार गर्नु" भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्: आज्ञा पालन गर्नु, महिमा, बचाउनु)

बाइबलका सन्दर्भहरूः

शब्द तथ्याङ्कः

  • Strongs: H3045, H3046, H5046, H5234, H6942, G14920, G19210, G36700