ne_tw/bible/other/obey.md

5.1 KiB
Raw Permalink Blame History

आज्ञा मान्‍नु, राख्‍नु

परिभाषा:

"आज्ञापालन" शब्दको अर्थ कुनै व्यक्ति वा कानूनले आदेश दिएको कुरा गर्नु हो। "आज्ञाकारी" शब्दले आज्ञा पालन गर्ने व्यक्तिलाई वर्णन गर्छ। कहिलेकाहीँ आदेशले केहि गर्न निषेध गर्दछ, जस्तै "चोरी नगर्नुहोस्।" यस अवस्थामा, "आज्ञापालन" भनेको चोरी नगर्नु हो। बाइबलमा प्रायः “राख्नु” शब्दको अर्थ “आज्ञापालन गर्नु” हो।

  • सामान्यतया "आज्ञापालन" शब्द अख्तियारमा रहेको व्यक्तिको आदेश वा कानूनको पालना गर्ने सन्दर्भमा प्रयोग गरिन्छ। उदाहरणका लागि, मानिसहरूले देश, राज्य वा अन्य संगठनका नेताहरूले बनाएका कानुनहरू पालन गर्छन्।
  • बच्चाहरूले आफ्ना आमाबाबुको आज्ञा पालन गर्छन्, मानिसहरूले परमेश्‍वरको आज्ञापालन गर्छन्, र नागरिकहरूले आफ्नो देशको कानून पालन गर्छन्।
  • जब अख्तियारमा रहेका कसैले मानिसहरूलाई केही नगर्न आदेश दिन्छ, तिनीहरूले त्यसो नगरेर पालन गर्छन्।
  • आज्ञापालन अनुवाद गर्ने तरिकाहरूमा एउटा शब्द वा वाक्यांश समावेश हुन सक्छ जसको अर्थ हो "जे आज्ञा छ त्यही गर्नुहोस्" वा "आदेशहरू पालना गर्नुहोस्" वा "परमेश्‍वरले जे गर्न भन्‍नुहुन्‍छ त्यही गर्नुहोस्।"
  • "आज्ञाकारी" शब्दलाई "आज्ञा गरेको कुरा गर्ने" वा "आदेशहरू पालना गर्ने" वा "परमेश्‍वरले आज्ञा गरेको काम गर्ने" भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: नागरिक, आदेश, अवज्ञा, राज्य, कानून)

बाइबलीय कथाहरूबाट उदाहरणहरू

  • ३:४ नूहले परमेश्‍वरको आज्ञा पालन गरे। तिनले र तिनका तीन छोराहरूले डुङ्गा बनाए जसरी परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएको थियो।
  • ५:६ फेरि अब्राहामले परमेश्‍वरको आज्ञा पालन गरे र आफ्नो छोराको बलिदान दिन तयार भए।
  • ५:१०"किनभने तपाईंले (अब्राहाम) मेरो __ आज्ञा पालन गर्नुभएको छ, संसारका सबै परिवारहरू तपाईंको परिवारद्वारा आशिष् पाउनेछन्"
  • ५:१० तर मिश्रीहरूले परमेश्‍वरलाई  विश्‍वास गरेनन् वा उहाँका आज्ञाहरू पालन गरेनन्।
  • १३:७ यदि मानिसहरूले यी नियमहरू पालन गरे भने, परमेश्‍वरले तिनीहरूलाई आशिष् र रक्षा गर्नुहुनेछ भनी प्रतिज्ञा गर्नुभयो।

​बाइबल सन्दर्भहरू:

प्रेरित ५:३२

प्रेरित ६:७

उत्पत्ति २८:६-७

याकूब १:२५

याकूब २:१०

लूका ६:४७

मत्ती ७:२६

मत्ती १९:२०-२२

मत्ती २८:२०

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1697, H2388, H3349, H4928, H6213, H7181, H8085, H8086, H8104, G01910, G39800, G39820, G50830, G50840, G52180, G52190, G52550, G52920, G52930, G54420