ne_tw/bible/kt/save.md

9.3 KiB

बचाउनु, सुरक्षित

परिभाषा:

“बचाउनु” शब्दले कसैलाई खराब वा हानिकारक कुरो भोग्‍नुबाट सुरक्षित राख्‍नु भन्‍ने हुन्छ । “सुरक्षित हुनु” को अर्थ हानि वा खतराबाट सुरक्षित हुनु हो ।

  • भौतिकरूपमा मानिसहरू खराबी, खतरा वा मृत्युबाट बचाइनेछन् वा छुटकारा दिइनेछ ।
  • आत्मिक अर्थमा, एउटा व्यक्‍तिलाई “बचाइएको” छ भन्‍नुको अर्थ उसको पापको निम्ति नरकमा दण्ड दिनबाट बचाएर, परमेश्‍वरले उसलाई क्रुसमाथि येशूको मृत्युद्वारा क्षमा गर्नुभएको छ भन्‍ने हो ।
  • मानिसहरूले मानिसहरूलाई खतराबाट मात्र बचाउन सक्छन्, तर मानिसहरूलाई तिनीहरूका पापका निम्ति अनन्‍तको निम्ति दण्ड दिनबाट परमेश्‍वरले मात्र बवाउन सक्‍नुहुन्छ ।

"मुक्‍ति" शब्‍दले दुष्‍टता र खतराबाट मुक्‍ति वा उद्धार हुनुलाई बुझाउँछ।

  • बाइबलमा, "मुक्‍ति" ले सामान्‍यतया आफ्‍ना पापहरूबाट पश्‍चाताप गर्ने र येशूमा विश्‍वास गर्नेहरूलाई परमेश्‍वरले दिनुभएको आत्‍मिक र अनन्‍त छुट्कारालाई जनाउँछ।
  • बाइबलले परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई तिनीहरू का भौतिक शत्रतुहरूबाट भचाउने वा छुटकारा दिने बारेमा पनि कुरा गर्छ।

अनुवादका निम्ति सुझावहरूः

  • “बचाउनु\उद्धार गर्नु” लाई अनुवाद गर्ने तरिकाहरूमा “छुटकारा दिनु” वा “हानिबाट बचाउनु” वा “हानिको मार्गबाट निकाल्नु” वा “मर्नबाट बचाउनु” पर्छन् ।
  • "जसले आफ्‍नो जीवन बचाउँछ" भन्‍ने अभिव्‍यक्‍तिमा "बचाउनु" शब्‍दलाई "संरक्षण" वा "सुरक्षा" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • “सुरक्षित” शब्दलाई “खतराबाट सुरक्षित” वा “कुनै हानि नभएको ठाउँ” भनी अनुवाद गर्न सकिन्छ ।
  • "मुक्‍ति" शब्‍दलाई "बचाउनु" वा "उद्धार" सँग सम्‍बन्‍धित शब्‍दहरू प्रयोग गरेर अुनवाद गर्न सकि्‍छ, जस्‍तै "परमेश्‍वरको उद्धार गर्ने मानिसहरू (तिनीहरूको पापको सजायबाट)" वा परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई (तिनीहरूका शत्रुहरूबाट) उद्धार गर्दै हुनुहुन्‍छ।"
  • "परमेश्‍वर मेरो मुक्‍ति हुनुहुन्‍छ" लाई "मलाई बचाउने परमेश्‍वर हुनुहुन्‍छ" भनि अनुवाद गर्न सकिन्‍छ।
  • "तपाईले मुक्‍तिको इनारबाट पानि निकाल्‍नुहुनेछ" को रूपमा अनुवाद गर्न सकिन्‍छ "तपाई पानीले जस्‍तै स्‍फूर्ति पाउनुहुनेछ किनभने परमेश्‍वरले तपाईलाई बचाउँदै हुनुहुन्‍छ। "

(हेर्नुहोस्ः क्रुस, छुटकारा दिनु, छुटकारा दिने, दण्ड दिनु, दण्ड, मुक्‍ति, पाप, पापपूर्ण, पापी, पाप गरिरहने)

बाबइबल खण्डहरूः

  • उत्‍पत्ति ४९ः१८
  • उत्‍पत्ति ४७ः२५-२६
  • भजनसंग्रह ८०:३
  • यर्मिया १६ः१९-२१
  • मिका ६ः३-५
  • लूका २ः३०
  • लूका ८ः३६-३७
  • प्रेरित ४ः१२
  • प्रेरित २८ः२८
  • प्रेरित २ः२१
  • रोमि १ः१६
  • रोमि १०ः१०
  • एफिसी ६ः१७
  • फिलिप्‍पी १ः२८
  • १ तिमिथी १ः१५-१७
  • प्रकाश १९ः१-२

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (०९-०८) मोशाले तिनका सङ्गी इस्राएलीहरूलाई बचाउने कोसिस गरे ।
  • (११-०२) परमेश्‍वरले उहाँमा विश्‍वास गर्ने हरेकको पहिलो जन्मेका छोराहरूलाई बचाउने उपाय प्रदान गर्नुभयो ।
  • (१२-०५) मोशाले इस्राएलीहरूलाई भने, “नडराऊ ! परमेश्‍वरले तिमीहरूका निम्ति लड्नुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।”
  • (१२-१३) इस्राएलीहरूले उनीहरूका नयाँ स्वतन्‍त्रताको उत्सव मनाउन र परमेश्‍वरको प्रशंसा गर्नलाई धेरै गीतहरू गाए, किनभने उहाँले उनीहरूलाई मिश्री सेनाहरूबाट बचाउनुभएको थियो ।
  • (१६-१७) यो संरचना धेरै पटक दोहोरियोः इस्राएलीहरूले पाप गर्थे, परमेश्‍वरले उनीहरूलाई दण्ड दिनुहुन्थ्यो, उनीहरूले पश्‍चताप गर्थे, र परमेश्‍वरले उनीहरूलाई बचाउनलाई एउटा उद्धारक पठउनुहुन्थ्यो ।
  • (४४-०८) “तपाईंहरूले येशूलाई क्रुसमा टाँग्‍नुभयो, तर परमेश्‍वरले उहाँलाई फेरि जीवित तुल्याउनुभयो । तपाईंहरूले उहाँलाई इन्कार गर्नुभयो, उद्धार पाउन येशूको शक्‍तिद्वारा बाहेक अरू कुनै उपाय छैन ।”
  • (४७-११) झ्तालखानाको हाकिम काम्दै पावल र सिलाकहाँ आए र सोधे, “मैले उद्धार पाउन के गर्नुपर्छ ?” पावलले जवाफ दिए, “तिमी र तिम्रा परिवारले मालिक येशूमा विश्‍वास गर र उद्धार पाउनेछौ ।”
  • (४९-१२) असल कामहरूले तपाईंलाई बचाउन सक्दैन ।
  • (४९-१३) परमेश्‍वरले येशूमा विश्‍वास गर्ने र उहाँलाई उनीहरूका मालिकको रूपमा ग्रहण गर्ने हरेकलाई बचाउनुहुनेछ । तर उहाँमा विश्‍वास नगर्ने कुनैलाई पनि उहाँले बचाउनुहुनेछैन ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0983, H2421, H2502, H3444, H3467, H3468, H4190, H4422, H4931, H5338, H6308, H6403, H7682, H7951, H7965, H8104, H8199, H8668, G08030, G08040, G08060, G12950, G15080, G49820, G49910, G49920, G51980