ne_tw/bible/names/peter.md

5.9 KiB
Raw Permalink Blame History

पत्रुस, सिमोन पत्रुस, केफास

तथ्यहरूः

पत्रुस येशूका बाह्र चेलाहरूमध्येका एक थिए । उनी प्रारम्भिक मण्डलीका एक जना महत्त्वपूर्ण अगुवा थिए ।

  • येशूले उहाँको चेला हुन बोलाउनअघि, पत्रुसको नाउँ सिमोन थियो ।
  • पछि, येशूले उनलाई केफास नाउँ दिनुभयो, जसको अर्थ अरामेइक भाषामा “ढुंगा” वा “चट्टान” हुन्छ । ग्रीकमा पत्रुसको अर्थ पनि "ढुङ्गा" वा "चट्टान" नै हुन्छ ।
  • परमेश्‍वरले पत्रुसद्वारा मानिसहरूलाई निको पर्ने र येशूको बारे सुसमाचार प्रचार गर्ने काम गर्नुभयो ।
  • पत्रुसले सङ्गी विश्‍वासीहरूलाई उत्साह दिन र सिकाउनलाई लेखेका नयाँ करारका दुई वटा पुस्तकहरू उनका पत्रहरू हुन् ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: चेला, प्रेरित)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २८ः९ __पत्रुस__ले येशूलाई भने, “हामीले सबै थोक छोडेर तपाईंलाई पछयाएका छौँ । हाम्रो इनाम के हुनेछ ?”
  • २९ः१ एक दिन __पत्रुस__ले येशूलाई सोधे, “प्रभु, मेरो भाइले मेरोविरूद्ध पाप गर्दा मैले उसलाई कति पटक क्षमा दिनु पर्छ ? के सात पटकसम्म हो ?”
  • 31:5 तब __पत्रुस__ले येशूलाई भने, “प्रभु, यदि तपाई नै हुनुहुन्छ भने, पानीमा आउन मलाई आज्ञा दिनुहोस् ।” येशूले __पत्रुस__लाई भन्‍नुभयो, “आऊ ।”
  • ३६ः१ एक दिन येशूले उहाँका तीन जना चेलाहरू पत्रुस, याकूब र यूहन्‍नालाई उहाँसँगै लानुभयो ।
  • ३८ः९ __पत्रुस__ले जवाफ दिए, “अरू सबैले तपाईंलाई त्यागे तापनि मैले तपाईंलाई त्यग्‍ने छैन ।” तब येशूले __पत्रुस__लाई भन्‍नुभयो, “शैतानले तिमीहरू सबैलाई वशमा राख्‍न चाहन्छ, तर पत्रुस, मैले तिम्रो निम्ति प्रर्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नचुकोस् । तैपनि आज राती नै तिमीले मलाई चिन्दैनौ भनी भाले बास्‍नअगि नै तीन पटक इन्‍कार गर्नेछौ ।”
  • ३८ः१५ जसो सिपाहीहरूले येशूलाई पक्रे, __पत्रुस__ले आफ्नो तरवार थुते, र प्रधान पुजारीका नोकरको कान काटी दिए ।
  • ४३ः११ __पत्रुस__ले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरू सबैले पश्‍चताप गर्नुपर्छ, र येशू ख्रिष्‍टको नाउँमा बप्‍तिस्‍मा लिनुपर्छ, ताकि परमेश्‍वरले तपाईंहरूका सबै पापहरू क्षमा गर्नुभएको होस् ।”
  • ४४ः८ __पत्रुस__ले तिनीहरूलाई जवाफ दिए, “येशू मसीहको शक्‍तिले निको भएको यो मानिस तपाईंहरूको सामु खडा छ ।”

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G27860, G40740, G46130