ne_tw/bible/names/abraham.md

5.4 KiB
Raw Permalink Blame History

अब्राहाम, अब्राम

तथ्यहरूः

अब्राम ऊर सहरका कल्दी मानिस थिए, जसलाई परमेश्‍वरले इस्राएलीहरूका पुर्खा बन्‍न चुन्‍नुभयो । परमेश्‍वरले तिनको नाउँ “अब्राहाम”मा परिवर्तन गर्नुभयो ।

  • “अब्राम” नाउँको अर्थ हुन्छ, “उच्‍च पारिएका पिता ।”
  • “अब्राहाम” को अर्थ हुन्छ, “धेरैका पिता ।”
  • अब्राहामका धेरै सन्तानहरू हुने थिए, जो एउटा ठुलो जाति हुने थिए भनी परमेश्‍वरले तिनीसित प्रतिज्ञा गर्नुभयो ।
  • अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे र उहाँको आज्ञा पालन गरे । परमेश्‍वरले अब्राहामलाई कल्दीयाबाट कनान देशमा जान अगुवाइ गर्नुभयो ।
  • अब्राहाम र तिनकी पत्‍नी सारा कनान देशमा बस्दा तिनीहरू निकै पाका भइसकेका थिए, जुन बेला तिनीहरूले छोरो इसहाकलाई जन्म दिए ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू अनुवाद गर्नु)

(यो पनि हेर्नुहोस्: कनान, कल्दीया, सारा, इसहाक)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ४ः६ जब अब्राम कनानमा आइपुगे, परमेश्‍वरले भन्‍नुभयो, "तेरो वरिपरि हेर् । तैँले देख्‍न सक्‍ने यो सबै भूमि मैले तँलाई र तेरा सन्‍तानहरूलाई तेरो पैतृक सम्‍पत्तिको रूपमा दिनेछु ।"
  • ५ः४ तब परमेश्‍वरले __अब्राम__को नाम __अब्राहाम__मा परिवर्तन गर्नुभयो, जसको अर्थ "धेरैका पिता" हुन्छ ।
  • ५ः५ लगभग एक बर्ष पछि, जब अब्राहाम १०० वर्षको पुगे र सारा ९० वर्षको पुगिन्, साराले __अब्राहाम__को निम्‍ति एउटा छोरो जन्‍माइन् ।
  • ५ः६ जब इसहाक जवान भए, परमेश्‍वरले __अब्राहाम__को विश्‍वासको जाचँ गर्नुभयो, "तेरो एक मात्र छोरो इसहाकलाई लिएर मलाई बलिदानको रूपमा अर्पण गर् ।"
  • ६ः१ जब अब्राहाम धेरै बुढो भइसकेका थिए र तिनको छोरा, इसहाक, जवान भइसकेका थिए, __अब्राहाम__ले आफ्‍नो एक जना नोकरलाई आफ्‍नो छोरा इसहाकको लागि पत्‍नी खोज्‍नका लागि आफ्‍नो नाता-कुटुम्‍बहरू बस्‍ने भूमिमा पठाए ।
  • ६ः४ लामो समयपछि, __अब्राहाम__को मृत्‍यु भयो र परमेश्‍वरले तिनीसँग करार बाँधेर गर्नुभएका सबै प्रतिज्ञाहरू इसहाकलाई प्राप्‍त भयो ।
  • २१ः२ तिनीद्वारा संसारका सबै मानिस समूहहरूले आशिष् पाउनेछन् भनी पमेश्‍वरले __अब्राहाम__लाई प्रतिज्ञा गर्नुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H0087, H0085, G00110