ne_tw/bible/kt/tetrarch.md

2.7 KiB
Raw Permalink Blame History

टेट्रार्क(शासक)

परिभाषा:

"टेट्रार्क" रोमी साम्राज्यको कुनै भागमाथि शासन गर्ने सरकारी कर्मचारी थियो । प्रत्येक टेट्रार्क रोमी सम्राटको अधिकारमुनि रहन्थ्यो ।

  • “टेट्रार्क"को अर्थ "चार संयुक्त शासकहरूमध्ये एउटा" भन्‍ने हुन्छ ।
  • सम्राट डायोक्‍लेसनको समयदेखि, रोमी साम्राज्‍यका चार प्रमुख भागहरू थिए र प्रत्‍येक  टेट्रार्कले त्यो एक भागमा शासन गर्थे ।
  • येशूको जन्‍मको समयका राजा हेरोद "महान"को राज्‍यलाई उनको मृत्‍युपछि चार भागमा विभाजन गरिएको थियो र "टेट्रार्क" वा "चौथाइ शासकहरू" को रूपमा उहाँको छोराहरूले शासन गरे ।
  • प्रत्येक भागले गालील वा सामरियाजस्ता एक वा सोभन्दा सानो प्रान्तलाई समेट्थ्यो ।
  • "हेरोद टेट्रार्क" लाई नयाँ करारमा धेरै पटक उल्‍लेख गरिएको छ । उनलाई "हेरोद एन्‍टिपास" भनेर पनि चिनिन्‍छ ।
  • “टेट्रार्क” लाई “प्रादेशिक क्षेत्रपाल” वा “प्रान्तीय राज्यपाल” वा "शासक" वा "राज्यपाल" भनी अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: राज्यपाल, हेरोद एन्टिपास, प्रान्त, रोम, शासक)

बाइबलका खण्डहरू

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G50750, G50760