ne_tw/bible/names/nazareth.md

3.9 KiB
Raw Permalink Blame History

नासरत, नासरी

तथ्यहरूः

नासरत उत्तरी इस्राएलमा पर्ने गालीलको एउटा सहर हो । यो यरूशलेमदेखि लगभग १०० किलोमिटर उत्तरमा अवस्थित छ र पैदल हिँडर जान लगभग ३-५ दिन लाग्छ ।

  • योसेफ र मरियम दुवै जना नासरतका थिए, र उनीहरूले येशूलाई यहाँ नै हुर्काएका थिए । त्यसैले येशू "नासरी"को रूपमा चिनिनुभयो ।
  • नासरतका धेरै यहूदीहरूले येशूको शिक्षालाई आदर गरेनन्, किनकी उहाँ तिनीहरूसँगै हुर्कनुभएको थियो, र तिनीहरूले उहाँलाई एउटा साधारण मानिस हुन भन्‍ने ठाने ।
  • एक पटक, येशूले नासरतको सभाघरमा सिकाउदैँ गर्नहुँदा, त्‍यहाँका यहूदीहरूले उहाँलाई मार्न खोजे, किनभने उहाँले आफू मसीह भएको दाबी गर्नुभएको थियो र उहाँलाई अस्‍वीकार गरेकोमा उहाँले तिनीहरूलाई हप्‍काउनुभएको थियो ।
  • येशू नासरतका हुनुहुन्‍थ्‍यो भन्‍ने सुनेपछि नथानेलले गरेको टिप्‍पणीले यो सहरलाई धेरै उच्‍च मानिएको थिएन भनेर संकेत गर्छ ।

(यो पनि हेर्नुहोस्: ख्रीष्ट, गालील, योसेफ (न.का), मरियम)

बाइबलका सन्‍दर्भहरूः

बाइबलीय कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २३ः४ योसेफ र मरियमले उनीहरू बस्‍ने ठाउँ __नासरत__देखि बेथलहेमसम्मको लामो यात्रा गर्नुपर्‍यो, किनभने उनीहरूका पुर्खा दाऊद गृहनगर बेथलहेम थियो ।
  • २६ः२ आफ्नो बाल्यकालमा बनुभएको ठाउँ नासरत सहरमा येशू जानुभयो ।
  • २६ः७ __नासरत__का मानिसहरूले येशूलाई आरधना गर्ने ठाउँबाट घिस्याएर बाहिर निकाले र उहाँलाई मार्नको निम्ति पहाडको छेउसम्म उहाँलाई फ्याँक्‍नलाई ल्याए ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G34780, G34790, G34800