ne_tw/bible/names/josephnt.md

5.9 KiB
Raw Permalink Blame History

योसेफ (न.का.)

तथ्यहरूः

योसेफ येशूका पार्थिव पिता हुनुहुन्थ्यो जसले उहाँलाई आफ्ना पुत्रको रूपमा हुर्काए । उनी सकर्मीको काम गर्ने एक धर्मी मानिस थिए ।

  • मरियम नाउँ गरेकी कन्यासित योसेफको मगनी भएको थियो । उनीहरूको मगनी भएपछि परमेश्‍वरले उनलाई येशू मसीहकी आमा हुन चुन्‍नुभएको थियो ।
  • पवित्र आत्माले आश्‍चर्यपूर्ण रूपमा मरियमलाई गर्भवती हुने तुल्याउनुभएको थियो र मरियमको बच्‍चा परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो भनी स्वर्गदूतले योसेफलाई बताए ।
  • हेरोदबाट बच्‍नको निम्ति बालक येशू र मरियमलाई लगेर मिश्र भागेर जान स्वर्गदूतले योसेफलाई चेताउनी दिए ।
  • योसेफ र तिनको परिवार पछि गालीलको नासरत सहरमा बसे, जहाँ उनले सिकर्मीको काम गरेर जीविकोपार्जन गरे ।

(अनुवादका निम्ति सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: ख्रीष्ट, गालील, येशू, नासरत, परमेश्‍वरको पुत्र, कन्या)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २२ः४ उनी (मरियम) कन्या थिइन् र बिहेको लागि योसेफ नाउँका पुरुषसित उनको मगनी भएको थियो ।
  • २३ः१ योसेफ अर्थात् जुन पुरुषसित मरियमको मगनी भएको थियो, तिनी धार्मी मानिस थिए । जब तिनले मरियम गर्भवती भएको सुने, तब यो तिनको बच्‍चा थिएन भनेर तिनलाई थाहा थियो । तिनले उनलाई शर्ममा पार्न चाहेनन्, त्यसैले तिनले उनलाई गुप्‍तमै त्याग्‍ने विचार गरे ।
  • २३ः२ स्वर्गदूतले भने, “योसेफ, मरियमलाई तिम्री पत्‍नीको रूपमा स्वीकार गर्न नडराऊ । उनको गर्भमा भएको बच्‍चा पवित्र आत्माबाट आएको हो । उनले एउटा छोरो जन्माउने छिन् । तिमीले उहाँको नाउँ येशू राख्‍नू (जसको अर्थ हुन्छ, ‘परमप्रभुले बचाउनुहुन्छ’), किनकि उहाँले मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ ।”
  • २३ः३ त्यसैले, __योसेफ__ले मरियमसित बिहे गरे र उनलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार गरी घरमा लगे, तर उनले बच्‍चा नजन्माउञ्‍जेलसम्म तिनी उनीसित सुतेनन् ।
  • २३ः४ योसेफ र मरियमले उनीहरू बसोबास गरेको नासरतदेखि बेथलेहेमसम्म जान लामो यात्रा गर्नुपर्‍यो, किनकि तिनीहरूका पुर्खा दाऊदको गृहनगर बेथलेहेम थियो ।
  • २६ः४ येशूले भन्‍नुभयो, “मैले तिमीहरूका बिचमा भर्खरै पढेको वचन ठिक अहिल्यै पूरा हुँदै छ ।” सबै मानिस छक्‍क परे । तिनीहरूले भने, “के यिनी __योसेफ__का पुत्र होइनन् र ?”

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: G25010