ne_tw/bible/names/josephnt.md

39 lines
5.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# योसेफ (न.का.)
## तथ्यहरूः
योसेफ येशूका पार्थिव पिता हुनुहुन्थ्यो जसले उहाँलाई आफ्ना पुत्रको रूपमा हुर्काए । उनी सकर्मीको काम गर्ने एक धर्मी मानिस थिए ।
* मरियम नाउँ गरेकी कन्यासित योसेफको मगनी भएको थियो । उनीहरूको मगनी भएपछि परमेश्‍वरले उनलाई येशू मसीहकी आमा हुन चुन्‍नुभएको थियो ।
* पवित्र आत्माले आश्‍चर्यपूर्ण रूपमा मरियमलाई गर्भवती हुने तुल्याउनुभएको थियो र मरियमको बच्‍चा परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो भनी स्वर्गदूतले योसेफलाई बताए ।
* हेरोदबाट बच्‍नको निम्ति बालक येशू र मरियमलाई लगेर मिश्र भागेर जान स्वर्गदूतले योसेफलाई चेताउनी दिए ।
* योसेफ र तिनको परिवार पछि गालीलको नासरत सहरमा बसे, जहाँ उनले सिकर्मीको काम गरेर जीविकोपार्जन गरे ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [ख्रीष्ट](../kt/christ.md), [गालील](../names/galilee.md), [येशू](../kt/jesus.md), [नासरत](../names/nazareth.md), [परमेश्‍वरको पुत्र](../kt/sonofgod.md), [कन्या](../other/virgin.md))
## बाइबलका सन्दर्भहरूः
* [यूहन्‍ना १ः४३-४५](rc://*/tn/help/jhn/01/43)
* [लूका १ः२६-२९](rc://*/tn/help/luk/01/26)
* [लूका २ः४-५](rc://*/tn/help/luk/02/04)
* [लूका २ः१५-१६](rc://*/tn/help/luk/02/15)
* [मत्ती १ः१८-१९](rc://*/tn/help/mat/01/18)
* [मत्ती १ः२४-१५](rc://*/tn/help/mat/01/24)
* [मत्ती २ः१९-२१](rc://*/tn/help/mat/02/19)
* [मत्ती १३ः५४-५६](rc://*/tn/help/mat/13/54)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[२२ः४](rc://*/tn/help/obs/22/04)__ उनी (मरियम) कन्या थिइन् र बिहेको लागि __योसेफ__ नाउँका पुरुषसित उनको मगनी भएको थियो ।
* __[२३ः१](rc://*/tn/help/obs/23/01)__ __योसेफ__ अर्थात् जुन पुरुषसित मरियमको मगनी भएको थियो, तिनी धार्मी मानिस थिए । जब तिनले मरियम गर्भवती भएको सुने, तब यो तिनको बच्‍चा थिएन भनेर तिनलाई थाहा थियो । तिनले उनलाई शर्ममा पार्न चाहेनन्, त्यसैले तिनले उनलाई गुप्‍तमै त्याग्‍ने विचार गरे ।
* __[२३ः२](rc://*/tn/help/obs/23/02)__ स्वर्गदूतले भने, “__योसेफ__, मरियमलाई तिम्री पत्‍नीको रूपमा स्वीकार गर्न नडराऊ । उनको गर्भमा भएको बच्‍चा पवित्र आत्माबाट आएको हो । उनले एउटा छोरो जन्माउने छिन् । तिमीले उहाँको नाउँ येशू राख्‍नू (जसको अर्थ हुन्छ, ‘परमप्रभुले बचाउनुहुन्छ’), किनकि उहाँले मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ ।”
* __[२३ः३](rc://*/tn/help/obs/23/03)__ त्यसैले, __योसेफ__ले मरियमसित बिहे गरे र उनलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार गरी घरमा लगे, तर उनले बच्‍चा नजन्माउञ्‍जेलसम्म तिनी उनीसित सुतेनन् ।
* __[२३ः४](rc://*/tn/help/obs/23/04)__ __योसेफ__ र मरियमले उनीहरू बसोबास गरेको नासरतदेखि बेथलेहेमसम्म जान लामो यात्रा गर्नुपर्‍यो, किनकि तिनीहरूका पुर्खा दाऊदको गृहनगर बेथलेहेम थियो ।
* __[२६ः४](rc://*/tn/help/obs/26/04)__ येशूले भन्‍नुभयो, “मैले तिमीहरूका बिचमा भर्खरै पढेको वचन ठिक अहिल्यै पूरा हुँदै छ ।” सबै मानिस छक्‍क परे । तिनीहरूले भने, “के यिनी __योसेफ__का पुत्र होइनन् र ?”
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G25010