ne_tw/bible/names/nazareth.md

33 lines
3.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# नासरत, नासरी
## तथ्यहरूः
नासरत उत्तरी इस्राएलमा पर्ने गालीलको एउटा सहर हो । यो यरूशलेमदेखि लगभग १०० किलोमिटर उत्तरमा अवस्थित छ र पैदल हिँडर जान लगभग ३-५ दिन लाग्छ ।
* योसेफ र मरियम दुवै जना नासरतका थिए, र उनीहरूले येशूलाई यहाँ नै हुर्काएका थिए । त्यसैले येशू "नासरी"को रूपमा चिनिनुभयो ।
* नासरतका धेरै यहूदीहरूले येशूको शिक्षालाई आदर गरेनन्, किनकी उहाँ तिनीहरूसँगै हुर्कनुभएको थियो, र तिनीहरूले उहाँलाई एउटा साधारण मानिस हुन भन्‍ने ठाने ।
* एक पटक, येशूले नासरतको सभाघरमा सिकाउदैँ गर्नहुँदा, त्‍यहाँका यहूदीहरूले उहाँलाई मार्न खोजे, किनभने उहाँले आफू मसीह भएको दाबी गर्नुभएको थियो र उहाँलाई अस्‍वीकार गरेकोमा उहाँले तिनीहरूलाई हप्‍काउनुभएको थियो ।
* येशू नासरतका हुनुहुन्‍थ्‍यो भन्‍ने सुनेपछि नथानेलले गरेको टिप्‍पणीले यो सहरलाई धेरै उच्‍च मानिएको थिएन भनेर संकेत गर्छ ।
(यो पनि हेर्नुहोस्: [ख्रीष्ट](../kt/christ.md), [गालील](../names/galilee.md), [योसेफ (न.का)](../names/josephnt.md), [मरियम](../names/mary.md))
## **बाइबलका सन्‍दर्भहरूः**
* [प्रेरित २६ः९-११](rc://*/tn/help/act/26/09)
* [यूहन्‍ना १ः४३-४५](rc://*/tn/help/jhn/01/43)
* [लूका १ः२६-२९](rc://*/tn/help/luk/01/26)
* [मर्कूस १६ः५-७](rc://*/tn/help/mrk/16/05)
* [मत्ती २ः२३](rc://*/tn/help/mat/02/23)
* [मत्ती २१ः९-११](rc://*/tn/help/mat/21/09)
* [मत्ती २६ः७१-७२](rc://*/tn/help/mat/26/71)
## बाइबलीय कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[२३ः४](rc://*/tn/help/obs/23/04)__ योसेफ र मरियमले उनीहरू बस्‍ने ठाउँ __नासरत__देखि बेथलहेमसम्मको लामो यात्रा गर्नुपर्‍यो, किनभने उनीहरूका पुर्खा दाऊद गृहनगर बेथलहेम थियो ।
* __[२६ः२](rc://*/tn/help/obs/26/02)__ आफ्नो बाल्यकालमा बनुभएको ठाउँ __नासरत__ सहरमा येशू जानुभयो ।
* __[२६ः७](rc://*/tn/help/obs/26/07)__ __नासरत__का मानिसहरूले येशूलाई आरधना गर्ने ठाउँबाट घिस्याएर बाहिर निकाले र उहाँलाई मार्नको निम्ति पहाडको छेउसम्म उहाँलाई फ्याँक्‍नलाई ल्याए ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G34780, G34790, G34800