ne_ta/translate/translate-aim/01.md

14 KiB

अनुवादक एउटा शिकारी जस्तै हो

अनुवादक एउटा शिकारी जस्तै हो, यदि उसले जनावरलाई हान्न चाहन्छ भने, उसको बन्दुको निशाना जनावरतिर लगाउनु पर्छ । कस्तो प्रकारको जानवारलाई शिकार गर्न लागेको हो त्यो उसले थाह पाउनै पर्छ, किनकि एउटा शिकारीले हरिणहरूलाई मार्नको लागि जुन प्रकारको गोलिको प्रयोग गर्छ त्यही प्रकारको गोलि चराहरू मार्नको लागि प्रयोग गर्न सक्दैन।

अनुवाद हामी अरु मानिसहरूसँग बोले जस्तै हो । हामी एउटा वयस्क मानिससँग बोल्न जुन शब्दहरू प्रयोग गर्छौँ ठीक त्यसरी नै साना बच्चाहरूसँग बोल्न सक्दैनौँ । देशको राष्ट्रपति वा शासकसँग जसरी बोल्छौं त्यसरी हाम्रा साथीहरूसँग बोल्न सक्दैनौँ ।

यी सबै अवस्थाहरूमा, हामीले फरक शब्दहरू र अभिव्यत्तिहरू प्रयोग गर्ने निर्णय गर्छौ । उदाहरणको लागि, यदि मैले एउटा बच्चासँग सुसमाचार बाँड्दै छु भने, मैले उसलाई "पश्चाताप गर, र परमेश्वरले तिमीलाई उहाँको अनुग्रह दिनुहुने छ ।" भन्‍नुको साटो, मैले यस्तै प्रकारको अरु केही भन्नुपर्छ, "तिमीले गरेका खराब कुराहरूप्रति दुःखित होऊ, र येशूलाई भन, कि तिमी दुःखी छौ ।" त्यसपछि उहाँले तिमीलाई स्वागत गर्नुहुने छ, किनकि उहाँले तिमीलाई प्रेम गर्नुहुन्छ ।"

यसको अलावा, भाषाहरू रुखहरू जस्तै हुन् जसले नयाँ पातहरू उमार्छन् र पुराना पातहरू गुमाउछन् । नयाँ शब्दहरूले जहिले पनि भाषाहरू निर्माण गरिरहेका हुन्छन्, र केही शब्दहरू जहिले पनि लोप हुने क्रममा हुन्छन् । पातहरू जसरी मर्छन् र खस्छन् त्यसरी नै ती शब्दहरू पनि मर्छन् र लोप हुनछन् ।

वयस्कहरूले प्रयोग गर्ने शब्दहरू बच्चाहरूले प्रयोग गर्दैनन् । पुराना पुस्ता समाप्त भएपछि, पुराना शब्दहरू भाषामा प्रयोग हुने छैनन् । उदाहरणको लागि ती पुराना शब्दहरू शब्दकोषमा लिखित रुपमा लेखिए तापनि, जस्तो तिनीहरू हुनुपर्छ त्यसरी साना मानिसहरूले सम्भवत फेरि प्रयोग गर्ने छैनन् ।

यी कारणहरूले गर्दा बाइबल अनुवादकहरूले कुन वर्ग समुदायका मानिसहरूको लागि अनुवाद गर्न लागेको हो त्यसको लक्ष बनाउनुपर्छ र सोहि अनुसारको निर्णय गर्नैपर्छ। अनुवादकका लागि अनुवादका केही विकल्पहरू यस प्रकारका छन्:

भविष्यको लागि लक्ष्य

अनुवादकहरूले आफ्नो अनुवादको लक्ष्य लक्षित भाषा बोल‍्ने जवान आमाहरू र तिनहरूका बच्चाहरूमा बनाउनुपर्छ किनकि यिनले उनीहरूको भाषाको भविष्यको प्रतिनीधित्व गर्छन् । यदि अनुवादकले यसरी अनुवाद गर्दा बच्चाहरूले नसिकेका पुराना शब्दहरूको प्रयोगलाई हटाउँछन् । यसको साटो, तिनीहरूले सम्भव भएसम्म साधारण र प्रत्येक दिन प्रयोगमा आउने शब्दहरू प्रयोग गर्ने छन् । यस्ता अनुवादकहरूले तल दिइएका यस्तै नियमहरूको पालना गर्ने छन् ।

१. तिनीहरूले अरु भाषाहरूबाट लक्षित भाषामा बाइबलका साधारण शब्दहरूलाई हुबहु अनुवाद गर्ने प्रयास गर्दैनन् । उदाहरणको लागि, बाइबलको शब्द “synagogue” लाई“sinagog” वा अरु यस्तै केहीमा रुपान्तरण गर्ने प्रयास गर्ने छैनन् र यसको अर्थको बारेमा मानिसहरूलाई सिकाउने प्रयास गर्ने छैनन् । तिनीहरूले बाइबलको शब्द “angel” लाई “enjel” जस्तै अरु केहीमा रुपान्तरण गर्ने प्रयास गर्ने छैनन् र यसको अर्थ के हो भनेर लक्षित भाषाका पाठकहरूलाई सिकाउने प्रयास गर्ने छैनन् । २. तिनीहरूले बाइबलमा भएको विचार बुझाउनको लागि नयाँ शब्दहरूको निर्माण गर्ने प्रयास गर्दैनन् । उदाहरणको लागि यदि लक्षित भाषामा "अनुग्रह" वा "पवित्र" जस्ता कुराहरूलाई बुझाउने शब्द छैन भने अनुवादकहरूले तिनीहरूको लागि नयाँ शब्दहरूको सृजना गर्दैनन् । बरु आफूले काम गरिरहेको बाइबल खण्डको मूख्य भागको शब्दको अर्थ व्यक्त गर्ने उपयूक्त वाक्यांशहरू प्रयोग गर्छन् । ३. तिनीहरूले थाह भएका शब्दहरूलाई लक्षित भाषामा लगेर नयाँ अर्थ नदिने कुरालाई ख्याल राख्छन् । यदि तिनीहरूले यस्तो प्रयास गरे भने मानिसहरूले नयाँ अर्थलाई सजिलै बेवास्ता गर्ने छन् भन्‍ने तिनीहरूलाई थाहा छ । परिणामस्वरुप पाठले संचार गर्न खोजेको अर्थलाई मानिसहरूले गलत बुझ्नेछन् । ४. तिनीहरूले बाइबलीय विचारहरूलाई स्पष्ट र स्वभाविक तरिकाले व्यक्त गर्ने कुरामा ध्यान दिन्छन् । (हेर्नुहोस्: स्पष्ट अनुवादको सृजना, स्वभाविकअनुवादको सृजना )

जब अनुवादकहरूले यी नियमहरू पालना गर्छन्, यसको परिणामलाई हामी साझा भाषा संस्करण भन्छौँ। यदि तपाईंले पहिलो बाइबलको निम्तकि भाषा उपलब्ध गराउनको लागि काम गरिरहनु भएको छ भने तपाईंले यी मार्गदर्शनहरूको अनुसरण गर्नुहोस् । अङ्ग्रेजीका सामान्य भाषा संस्करणहरूमा आजको अङ्ग्रेजी संस्करण र सामान्य अङ्ग्रेजी बाइबल समावेश गरिएको छ । तपाईंको लक्षित भाषाले अङ्ग्रेजी संस्करणहरूभन्दा फरक तरिकाले विचारहरू प्रस्तुत गर्ने चाहना राख्‍नसक्छ भन्‍ने कुरा ख्याल राख्‍नुहोस् ।

बाइबल अध्ययन अनुवादको लक्ष्य

अनुवादकहरूले नयाँ ख्रीष्टियानहरूले भन्दा गहिरो तरिकाले बाइबल अध्ययन गर्न चाहने ख्रीष्टियानहरूलाई आफ्नो अनुवादको लक्ष्य बनाउन सक्छन् । यदि लक्षित भाषामा पहिल्यै नै राम्रो बाइबल छ र विश्वास नगर्ने र नयाँ विश्वासीहरूले यसलाई राम्ररी बुझ्छन् भने अनुवादकहरूले यसो गर्ने निर्णय लिन सक्छन् । यदि अनुवादकहरूले यसरी काम गर्ने हो भने निम्‍न कुराहरूको निर्णय लिनुपर्ने हुन्छः

१. तिनीहरूले बाइबलीय भाषाहरूमा भएका व्याकरणीय ढाँचाको अनुकरण गर्ने प्रयास गर्ने । उदाहरणको लागि, जब बाइबलले भन्छ, "परमेश्वरको प्रेम," अनुवादकले त्यो अभिव्यत्तिलाई अस्पष्ट छोड्ने निर्णय गर्नसक्छ । यदि तिनीहरूले यस्तो गरे भने, तिनीहरूले यसको अर्थ "परमेश्वरलाई मानिसले गर्ने प्रेम" वा "परमेश्वरले मानिसलाई गर्ने प्रेम" कुन हो भन्‍ने कुराको निर्णय गर्दैनन् । बाइबलमा भएको, "येशू ख्रीष्टमा हाम्रो प्रेम" का अर्थहरू "येशू ख्रीष्टको कारणले" वा "येशू ख्रीष्टमा जोडिएको" कुरा नबताउने निर्णय अनुवादकहरूले गर्न सक्छन् । २. अनुवादमा विभिन्न अभिव्यक्तीहरूमा ग्रीक वा हिब्रू शब्दहरू के हुन् भन्‍ने कुरा बताउन कोसिस गर्ने । उदाहरणको लागि, तिनीहरूले यिनीहरूलाई पादटिप्पणीमा राख्‍न सक्छन् । ३. बाइबलीय शब्दहरूको भन्दा बेग्लै अर्थ बोकेका नयाँ अभिव्यत्तिहरू पत्ता लागाउन प्रयास गर्ने । यसो गर्दा अनुवादकहरू लक्षित भाषामा सृजनशील हुन्छन् ।

लक्षित भाषामा पहिले नै भएको बाइबलको अनुवादले स्पष्ट र स्वभाविक तरिकाले संचार गर्दैन भने यो दोस्रो तरिका अपनाउनको निम्ति हामी सिफारिस गर्दैनौँ ।