ne_ta/translate/bita-part3/01.md

36 KiB

विवरण

सांस्कृतिक नमुनाहरू जीवन वा व्यवहारका पक्षहरूका मानसिक तस्बिरहरू हुन् । यी तस्बिरहरूले हामीलाई ती कुराहरूको बारेमा कल्पना गर्न र बातचित गर्न मदत गर्छन् । उदाहरणको निम्ति, अमेरिकीहरूले विवाह र मित्रताजस्ता धेरै कुराहरूलाई मेशिनहरूका रूपमा सोच्छन् । अमेरिकीहरूले यस्ता वाक्यहरूको प्रयोग गर्छन्, "उसको विवाह टुट्यो," वा "तिनीहरूको मित्रता तिब्र गतिमा बढिरहेको छ ।" यस उदाहरणमा, मानवीय सम्बन्धहरूलाई मेशिनको रूपमा लिइएको छ ।

बाइबलमा पाइने केही सांस्कृतिक नमुनाहरू वा मानसिक तस्बिरहरूको सूची तल दिइएको छ । सबैभन्दा पहिले परमेश्‍वरको निम्ति दिइएको नमुनाहरू, त्यसपछि मानव, वस्तुहरू र अनुभवहरूको लागि नमुनाहरू दिइएका छन् । सूचीमा प्रयोग भएका नमुनाहरूले विचारको प्रतिनिधित्व गर्छन् । नमुनाको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।

परमेश्‍वरलाई मानिसको नमुनाको रूपमा लिइएको छ

बाइबलले परमेश्‍वर मानिस हुनुहुन्छ भन्‍ने कुरालाई स्पष्ट रूपमा इन्कार गरेता पनि उहाँ कार्यहरूलाई प्रायः मानिसले गर्ने कुराका रूपमा लिइएको पाइन्छ । तर परमेश्‍वर मानव हुनुहुन्‍न, त्यसैले बाइबलमा परमेश्‍वर बोल्‍नुभएको कुरा पढ्दा उहाँसँग ध्वनी उत्पन्‍न गर्ने स्वरयन्त्र छ भन्‍ने सोच्‍नुहुन्‍न । बाइबलमा उहाँको हातले केही कुरा गरेको कुरा बताउँदा उहाँसँग शारीरिक हात छ भन्‍ने सोच्‍नु हुन्‍न ।

यदि परमप्रभु हाम्रा परमेश्‍वरको सोर हामीले अझै सुन्‍यौं भनेता हामी मर्ने छौं! (व्यवस्था ५:२५)

परमप्रभु मेरा परमेश्‍वरको हात ममाथि रहेको छ भनी जानेर मैले साहस गरें । (एज्रा ७:२८)

यसबाहेक राजा र तिनका अधिकारीहरूले परमप्रभुको वचनअनुसार दिएको हुकुम एकमत भई पालन गर्न परमेश्‍वरको हातले यहूदाका मानिसहरूलाई उक्‍साए । (२ इतिहास ३०:१२)

यहाँ प्रयोग गरिएको शब्द "हात" को प्रयोग परमेश्‍वरको शक्ति जनाउनको निम्ति लक्षणाको रूपमा गरिएको छ । (हेर्नुहोस्ः लक्षणा)

परमेश्‍वरलाई राजाको नमुनाको रूपमा लिइएको छ

किनकि सारा पृथ्‍वीका राजा परमेश्‍वर नै हुनुहुन्‍छ । (भजनसंग्रह ४७:७)

किनभने राज्‍य त परमप्रभुकै हो, र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्‍छ । (भजनसंग्रह २२:२८)

हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्‍ति रहिरहन्‍छ, र न्‍यायको राजदण्‍ड तपाईंका राज्‍यको राजदण्‍ड हुने छ । (भजनसंग्रह ४५:६)

परमप्रभु यसो भन्‍नुहुन्‍छ, "स्‍वर्ग मेरो सिंहासन हो, र पृथ्‍वीचाहिँ मेरो पाउदान हो ।" (यशैया ६६:१)

परमेश्‍वर जाति-जातिहरूमाथि राज्‍य गर्नुहुन्‍छ, परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्‍छ । अब्राहामका परमेश्‍वरको प्रजाझैँ जाति-जातिका शासकहरू भेला भएका छन्‌, किनकि पृथ्‍वीका राजाहरू परमेश्‍वरकै हातमा छन्‌ । उहाँ अति उच्‍च हुनुहुन्‍छ । (भजनसंग्रह ४७:८-९)

परमेश्‍वरलाई गोठाला र उहाँका मानिसहरूलाई भेडाको नमुनाको रूपमा लिइएको छ

परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन । (भजनसंग्रह २३:१)

उहाँका मानिसहरू भेडा हुन् ।

किनभने उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेडाहरू हौं । (भजनसंग्रह ९५:७)

उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूलाई झैं अगुवाइ गर्नुहुन्छ ।

तर उहाँले आफ्‍ना मानिसहरूलाई भेडाहरूलाई झैँ बाहिर निकालिल्‍याउनुभयो, र उहाँले तिनीहरूलाई भेडाको बगाललाई झैँ उजाड-स्‍थानको बीचबाट अगुवाइ गर्नुभयो । (भजनसंग्रह ७८:५२)

उहाँ आफ्ना भेडाहरूलाई बचाउनको निम्ति मर्न इच्छुक हुनुहुन्छ ।

म असल गोठालो हुँ, म आफ्‍ना भेडाहरूलाई चिन्‍छु, अनि मेरा भेडाहरूले मलाई चिन्‍छन्‌ । जसरी पिताले मलाई चिन्‍नुहुन्‍छ, म पितालाई चिन्‍छु, अनि म भेडाहरूका लागि आफ्‍नो प्राण अर्पण दिन्‍छु । (यूहन्‍ना १०:१४-१५)

परमेश्‍वरलाई योद्धाको नमुनाको रूपमा लिएको छ

परमप्रभु नै योद्धा हुनुहुन्‍छ, (प्रस्थान १५:३)

परमप्रभु शक्तिशाली पुरुषझैँ निस्‍कनुहुने छ । एक जना योद्धालेझैँ उहाँले आफ्‍नो जोश देखाउनुहुने छ । उहाँ कराउनुहुने छ, र ठूलो सोरले युद्ध-ध्‍वनि उठाउनुहुने छ । उहाँ आफ्‍ना शत्रुहरूमाथि विजयी हुनुहुने छ । (यशैया ४२:१३)

हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा प्रतापी थियो, हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुहरूलाई चकनाचूर पार्‍यो । (प्रस्थान १५:६)

तर परमेश्‍वरले काँडहरूले तिनीहरूमाथि हान्‍नुहुने छ, तिनीहरू अचानक घायल हुने छन्‌ । (भजनसंग्रह ६४:७)

किनभने तपाईंले तिनीहरूलाई भाग्‍न विवश पार्नुहुने छ, जब तपाईं ताँदो चढाएको धनुले तिनीहरूलाई ताक्‍नुहुने छ । (भजनसंग्रह २१:१२)

अगुवालाई गोठाला र डोर्‍याइएकाहरूलाई भेडाहरूको नमुनाको रूपमा लिइएको छ

तब इस्राएलका सबै कुल हेब्रोनमा दाऊदकहाँ आएर तिनलाई भने, “हामी तपाईंकै हाड र मासु हौं ।” अघि शाऊल हाम्रा राजा हुँदा पनि तपाईंले नै इस्राएलको सेनालाई लडाइँमा लाने र फर्काएर ल्‍याउने गर्नुहुन्‍थ्‍यो । अनि परमप्रभुले तपाईंलाई भन्‍नुभयो, तँ नै मेरा प्रजा इस्राएलको गोठालो हुने छस्‌ । तँ तिनीहरूको राजा हुने छस्‌’। (२ शमूएल ५:१-२)

परमप्रभु घोषणा गर्नुहुन्‍छ, “मेरो खर्कका भेडाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार!” (यर्मिया २३:१ )

तपाईंहरू आफ्‍ना निम्‍ति र आफ्‍नो समस्‍त बगालको निम्‍ति सावधान रहनुहोस्‌ । पवित्र आत्‍माले तपाईंहरूलाई बगालका जिम्‍मावाल बनाउनुभएको हुनाले उहाँले आफ्‍नै रगतले किन्‍नुभएको परमेश्‍वरका मण्‍डलीको हेरचाह तपाईंहरू गर्नुहोस्‌ । किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्‍दा ब्‍वाँसाहरू तपाईंहरूका माझमा पस्‍ने छन्, जसले बगालकालाई बाँकी राख्‍ने छैनन्‌ । तपाईंहरूकै बीचबाट भर्माउने कुरा बोल्‍ने मानिसहरू उठ्‌ने छन्, जसले चेलाहरूलाई आफ्‍ना पछि लैजाने छन्‌ । (पत्रुस २०:२८-३०)

आँखालाई बत्तीको नमुनाको रूपमा लिइएको छ

संसारका विभिन्‍न भागहरूमा यस नमुना र दुष्ट आँखाका नमुनाका विभिन्‍नताहरू पाइन्छन् । बाइबलमा प्रतिनिधित्व गरिएका उपचारसम्बन्धि कुराहरूमा यो नमुनाले तल दिइएका तत्वहरू समेटेको छः

मानिसहरूले कुनै वस्तुलाई ती वस्तु वरिपरी भएको प्रकाशको कारण नभइ ती व्यक्तिहरूका आँखाबाट ती वस्तुमा चम्कने प्रकाशको कारणले देख्छन् ।

आँखा शरीरको बत्ती हो । यसकारण यदि तिम्रा आँखा स्‍वस्‍थ छन्‌ भने, तिम्रो सारा शरीर उज्‍यालो हुने छ । (मत्ती ६:२२)

आँखाहरूबाट चम्कने यो प्रकाश हेर्ने व्यक्तिको गुणको बाहक हो ।

दुष्‍ट मानिसले खराबीको लालसा गर्छ, त्‍यसको छिमेकीले त्‍यसको आँखामा दया देख्दैन । (हितोपदेश २१:१०)

ईर्ष्‍या र श्रापलाई कसैलाई दुष्ट आँखाले हेर्ने कुराको नमुनाको रूपमा र निगाहलाई असल आँखाले हेर्ने कुराको रूपमा लिइएको छ ।

ईर्ष्या दुष्ट आँखा भएको व्यक्तिको प्राथमिक भावना हो । मर्कूस ७ मा भएको "ईर्ष्या" शब्द ग्रीकको "आँखा" शब्दबाट आएको हो, जसलाई यहाँ दुष्ट आँखा भनेर जनाइएको छ ।

उहाँले भन्‍नुभयो, “मानिसबाट जे बाहिर निस्‍कन्‍छ त्‍यसैले मानिसलाई अशुद्ध पार्छ। किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट खराब विचार ... ईर्ष्‍या … । (मर्कूस ७:२०-२२)

मत्ती २०:१५ को सन्दर्भलाई हेर्ने हो भने त्यहाँ ईर्ष्याको भावनालाई समेटेको पाइन्छ । “के तिम्रो आँखा दुष्ट छन्?” भन्‍नुको तात्पर्य “तिमी ईर्ष्यालु छौ?" हो ।

मेरो जति छ, त्‍यो म आफूले चाहेजस्‍तो गर्न सक्‍दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्‍ने? (मत्ती २०:१५)

यदि कुनै एक व्यक्तिको आँखा दुष्ट छ भने त्यो व्यक्ति अर्को व्यक्तिको पैसामा ईर्ष्यालु हुन्छ ।

आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्‍वस्‍थ छन्‌ भने, तिम्रो सारा शरीर उज्‍यालो हुने छ । तर तिम्रा आँखा खराब छन्‌ भने, तिम्रो सारा शरीर अँध्‍यारो हुने छ । यसकारण तिमीभित्र भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने, त्‍यो अँध्‍यारो कस्‍तो घोर हुन्‍छ! “कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन । किनभने त्‍यसले एउटालाई घृणा गर्ने छ र अर्कालाई प्रेम गर्ने छ । अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍ने छ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍ने छ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ । (मत्ती ६:२२-२४)

ईर्ष्यालु आँखा हुने व्यक्तिले कुनै व्यक्तिलाई दुष्ट आँखाले हेरेर श्राप वा मोहनी लगाउने सम्भावना हुन्छ ।

हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर वशमा पार्‍यो? (गलाती ३:१)

असल आँखा भएको मानिसले कसैलाई हेरेर आशिष् दिन सक्छ ।

तपाईंको निगाह ममाथि भए ... (१ शमूएल २७:५)

रगतलाई जीवनको नमुनाको रूपमा लिइएको छ

यस नमुनामा कुनै व्यक्ति वा जनावरको रगतले त्यसको जीवनको प्रतिनिधित्व गर्छ ।

तर मासु त्‍यसको प्राण दिने रगतसमेत नखाओ । (उत्पत्ति ९:४)

रगत बगाउनुले मारिनु भन्‍ने जनाउँछ ।

जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्‍यसको रक्तपात हुने छ, (उत्पत्ति ९:६)

कसैले कुनै मानिसलाई भूलले मारेको भए सभाको सामु त्‍यसको न्‍याय नभएसम्‍म हत्‍याको बदला लिनेको हातबाट मर्न नपरोस्‌ भनेर त्‍यो भागेर जानलाई, सारा इस्राएलीहरू र तिनीहरूसँगै प्रवास गर्ने परदेशीहरूका निम्‍ति ठहरिएका सहरहरू यी नै हुन्‌ । (यहोशू २०:९)

रगत रूँदा मारिएको मानिसको बदला लिन प्रकृति आफैं रुन्छ । (यसमा मानवीकरण पनि पर्दछ, किनकि रगतलाई रूने व्यक्तिको रूपमा पनि लिइन्छ । हेर्नुहोस्ः मानवीकरण)

परमप्रभुले भन्‍नुभयो, “यो तैंले के गरिस्‌? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ । (उत्पत्ति ४:१०)

देशलाई स्त्री र त्यहाँ भएका देवताहरूलाई त्यसका श्रीमान्‌हरूको नमुनाको रूपमा लिइएको छ

तिनको मृत्‍यु हुनासाथ इस्राएलीहरूले फेरि देवताहरूसित व्‍यभिचार गर्न लागे, र बाल-बरीतलाई आफ्‍नो देवता तुल्‍याए । (न्यायकर्ताहरू ८:३३)

इस्राएललाई परमेश्‍वरको छोरोको नमुनाको रूपमा लिइएको छ

जब इस्राएल बालक थियो तब मैले त्‍यसलाई प्रेम गरें, र मैले आफ्‍नो पुत्रलाई मिश्रदेशबाट बोलाएँ । (होशे ११:१)

सूर्यलाई रातमा कुनै ठाउँमा बसेको नमुना दिइएको छ

तिनीहरूको सोरले सारा पृथ्‍वी गुञ्‍जायमान छ, तिनीहरूका शब्‍द पृथ्‍वीको सीमान्‍तसम्‍मै पुगेका छन्‌ । उहाँले आकाशमा सूर्यको निम्‍ति एउटा वासस्‍थान बनाउनुभएको छ । ऊ विवाह-मण्‍डपबाट निस्‍केको दुलहाजस्‍तै छ, एक जना विजेताझैँ, जो आफ्‍नो दौड दौड्‌नमा हर्षित हुन्‍छ । (भजनसंग्रह १९:४-५)

तपाईंका युद्धको दिनमा तपाईंका प्रजाले स्‍वेच्‍छासाथ आफू-आफूलाई दिइहाल्‍ने छन्‌ । तपाईं पवित्रताको वैभवमा सुशोभित भई, प्रभातको गर्भबाट तपाईंका जवानहरूको ओसलाई तपाईंले प्राप्‍त गर्नुहुने छ । (भजनसंग्रह ११०:३)

द्रुत गतिमा चल्‍ने कुराहरूलाई पखेटा भएका वस्तुको नमुनाको रूपमा लिइएको छ

यो हावा वा आकाशमा चल्‍ने कुराहरूमा यो मिल्न आउँछ ।

सूर्यलाई पखेटा भएको गोलाकार वस्तुको नमुनाको रूपमा लिइएको छ । जसले सूर्यलाई दिनमा पूर्वदेखि पश्चिमसम्म उड्न मदत गर्छ । भजनसंग्रह १३९ मा "बिहानका पखेटाहरू" ले सूर्यलाई जनाउँछ । मलाकी ४ मा परमेश्‍वरले आफैंलाई "धार्मिकताको सूर्यर" भन्‍नुभएको छ र सूर्यका पखेटा भएको कुरा गर्नुभएको छ ।

प्रभातको पखेटामा उडेर समुद्रको पल्‍लो किनारमा गएर बसें भने पनि ... (भजनसंग्रह १३९:९)

तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्‍ना पखेटामा आरोग्‍यता लिएर उदाउने छ । (मलाकी ४:२)

हावा द्रुत गतिमा चल्छ र यसलाई पखेटा भएको कुनै वस्तुको नमुनाको रूपमा लिइएको छ ।

बतासका पखेटामा सवार भई माथि उड्‌नुभयो । (२ शमूएल २२:११)

उहाँ करूबहरूमाथि सवार भएर उड्‌नुभयो, र बतासका पखेटामा सवार भई माथि उड्‌नुभयो । (भजनसंग्रह १८:१०)

बतासका पखेटामाथि उहाँ सवार हुनुहुन्‍छ । (भजनसंग्रह १०४:३)

व्यर्थतालाई बतासले उडाएर लैजाने कुराको नमुनाको रूपमा लिइएको छ

यस नमुनामा बतासले मूल्यहीन/बेकामका कुराहरूलाई बतासले उडाउँछ र ती हराउँछन् भन्‍ने कुरा बताउँछ ।

भजनसंग्रह १ र अय्यूब २७ ले दुष्ट मानिसहरू बेकामका हुन्छन् र लामो समय बाँच्‍ने छैनन् भन्‍ने देखाउँछन् ।

दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌! तिनीहरू बतासले उडाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌ । (भजनसंग्रह १:४)

पूर्वको बतासले त्‍यसलाई उडाएर लैजाने छ, र त्‍यसको नाउँ निशानै रहने छैन बतासले त्‍यसलाई त्‍यसको घरबाट टाढा उडाई लैजाने छ । (अय्यूब २७:२१)

उपदेशकका लेखकले सबै कुरा व्यर्थ छन् भन्छन् ।

व्‍यर्थ नै व्‍यर्थ, पूर्ण रूपमा व्‍यर्थ,सबै व्‍यर्थ हुन्‌ ।, पूर्ण रूपमा व्‍यर्थ, मानिसले आफ्‍ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्‍यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ? (उपदेशक १:२-३)

अय्यूब ३०:१५ मा अय्यूबले आफ्नो सम्मान र समृद्धि गुमेको कुराको गुनासो गर्छन् ।

त्रासमाथि त्रासले मलाई घेर्छ, त्‍यसले मेरो गौरवलाई बतासले झैँ उडाएर लैजान्‍छ, मेरो सुरक्षाचाहिँ बादलझैँ हराइहाल्‍छ । (अय्यूब ३०:१५)

मानवीय युद्धलाई आत्मिक युद्धको नमुनाको रूपमा लिइएको छ

कुनै दुई राष्ट्रहरूबीचको युद्ध हुँदा ती देशका देवताहरू पनि युद्धमा सहभागी थिए भन्‍ने विश्‍वास मानिसहरूको थियो ।

त्‍यस बेला मिश्रीहरूले चाहिँ परमप्रभुले प्रहार गर्नुभएका उनीहरूका आफ्‍ना जेठा-जेठा सन्‍तानहरू गाड्‌न लागेका थिए । किनकि परमप्रभुले उनीहरूका देवताहरूको न्‍याय गर्नुभएको थियो । (गन्ती ३३:४)

अनि तपाईंको आफ्‍नै जाति इस्राएलजस्‍तो अरू को छ? पृथ्‍वीको एउटा त्‍यस जातिलाई परमेश्‍वरले नै आफ्‍नो निम्‍ति छुटकारा दिनुभयो, जसद्वारा तपाईंले आफ्‍नो नाउँ फैलाउनुभयो र मिश्रबाट छुट्ट्याउनुभएको आफ्‍नो प्रजाको बाटोदेखि अरू जातिहरू र उनीहरूका देवदेवताहरूलाई धपाइदिनुभई महान्‌ डरलाग्‍दा र उदेकका कार्यहरू गर्नुभयो । (२ शमूएल ७:२३)

यसै बीचमा अरामका राजाका अधिकारीहरूले उनलाई यो सल्‍लाह दिए, “तिनीहरूका ईश्‍वरहरू त पहाडहरूका ईश्‍वरहरू हुन्‌ । यसैकारण तिनीहरू हामीहरूका निम्‍ति साह्रै शक्तिशाली थिए । तर यदि हामीले तिनीहरूसित मैदानमा लडाइँ गर्‍यौं भने, हामी तिनीहरूभन्‍दा अझ शक्तिशाली हुने छौं । (१ राजाहरू २०:२३)

जीवनमा आइपर्ने अवरोधहरूलाई भौतिक सिमानाहरूका नमुनाका रूपमा लिइएको छ

तल दिइएका पदहरूले वास्तविक भौतिक सिमानाहरूको बारेमा नभइ कठिनाइहरू वा जीवनमा भएका कठिनाइहरूको बारेमा बताउँछन् ।

उम्‍कन नसकोस्‌ भनी उहाँले मेरा चारैतिर पर्खाल उठाउनुभएको छ । उहाँले मलाई गह्रुङ्गो साङ्‌लाले बाँध्‍नुभएको छ । (विलाप ३:७)

ढुङ्गाका ढिकाहरूले उहाँले मेरो बाटो थुनिदिनुभएको छ, उहाँले मेरो बाटो बाङ्गो-टेढो बनाइदिनुभएको छ । (विलाप ३:९)

सिमानाका रेखाहरू मेरो निम्‍ति रमणीय स्‍थानमा परेका छन्‌ । साँच्‍चै, मैले आनन्‍दमय पैतृक-सम्‍पत्ति पाएको छु । (भजनसंग्रह १६:६)

खतरनाक स्थानहरूलाई साँघुरा स्थानहरूको नमुनाको रूपमा लिइएको छ

भजनसंग्रह ४ मा दाऊदले आफ्नो उद्धारको निम्ति परमेश्‍वरसँग पुकारा गर्छन् ।

हे धार्मिक परमेश्‍वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्‌! सङ्कष्‍टमा पर्दा मलाई आश्रय दिनुहोस्‌ । ममाथि अनुग्रह गर्नुहोस्‌, र मेरो प्रार्थना सुन्‍नुहोस्‌ । (भजनसंग्रह ४:१)

कष्टदायक अवस्थालाई उजाड-स्‍थानको नमुनाको रूपमा लिइएको छ

आफूमाथि आइपरेका दुखद परिस्थितिका कारण पिडामा पर्दा अय्यूबले आफू उजाड-स्‍थानमा भएको अनुभव गरेका छन् । उजाड-स्‍थानमा स्यालहरू र सुतुरमुर्गाहरू बस्छन् ।

मभित्रको हलचल कहिल्‍यै थामिँदैन, कष्‍टका दिनहरू मैले भोग्‍नुपर्छ । म कालो भई हिँड्‌छु तर सूर्यले ता होइन; सहायताको निम्‍ति बिन्‍ती गर्नलाई, म सभामा खडा हुन्‍छु । स्‍यालहरूको म भाइ भएको छु, लाटोकोसेराहरू मेरा साथी भएका छन्‌ । (अय्यूब ३०:२७-२९)

स्वस्थ रहनुलाई शारीरिक सरसफाइ र दुष्टलाई शारीरिक फोहोरीपनको रूपमा लिइएको छ

कुष्टरोग एउटा रोग हो । यदि कसैलाई यो रोग लागेमा उक्त व्यक्ति असुद्ध भएको मानिन्थ्यो ।

एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँडा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ ।” उहाँले आफ्‍नो हात पसारेर त्‍यसलाई छुनुभयो, र भन्‍नुभयो, “म इच्‍छा गर्छु, तिमी निको भइजाऊ ।” तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग निको भइगयोछ । (मत्ती ८:२-३)

"अशुद्ध आत्मा" दुष्ट आत्मा हो ।

जब अशुद्ध आत्‍मा मानिसबाट निस्‍केर जान्‍छ, त्‍यो विश्राम खोज्‍दै ओबानो ठाउँतिर डुलिहिँड्‌छ, तर कतै पाउँदैन । (मत्ती १२:४३)