ne_ta/translate/biblicalimageryta/01.md

7.0 KiB

विवरण

एउटा बिम्बलाई अर्को विचारसँग जोड्ने भाषालाई बिम्ब भनिन्छ । बिम्बले विचारको प्रतिनिधित्व गर्छ । यसमा रूपकहरू, उपमाहरू, लक्षणाहरू र सांस्कृतिक नमुनाहरू पर्छन् । भाषामा यीमध्ये धेरै कुराहरू बिम्बहरू र विचारहरूको सम्बन्धको बृहत्तर ढाँचाबाट उत्पन्‍न हुन्छन् भने केही यसरी उत्पन्‍न हुँदैनन् । बाइबलीय बिम्बविधानसम्बन्धि यी पृष्ठहरूले बाइबलमा भएका बिम्बविधानका ढाँचाहरूका बारेमा बताउँछन् ।

बाइबलमा भएका यी सम्बन्धका ढाँचाहरू प्रायः हिब्रू र ग्रीक भाषाहरूमा मात्र पाइन्छन् । तिनलाई कसरी अनुवाद गर्ने भन्‍ने बारेमा अनुवादकहरू बारम्बार समस्यामा पर्ने भएकोले यी ढाँचाहरूको पहिचान गर्नु उपयोगी कुरा हो । अनुवादकहरूले एकपटक अनुवादका यी चुनौतिहरूको समाधानको बारेमा सोचेपछि यस्तै किसिमका ढाँचाहरू सामना गर्न तिनीहरू तयार हुन्छन् ।

रूपकहरू र उपमाहरूका साझा ढाँचाहरू

कुनै एउटा कुरालाई अर्कै कुराको रूपमा व्यक्त गर्दा रूपक को प्रयोग हुन्छ । वक्ताले पहिलो कुरालाई प्रभावकारी तरिकाले वर्णन गर्नको निम्ति यसो गर्छ । उदाहरणको लागि, "मेरी प्रेमिका रातो गुलाब हुन्" भन्‍ने एउटा अङ्ग्रेजी कविताको पङ्क्तिमा लेखकले आफूले प्रेम गरेकी स्त्रीलाई फूलझैं सुन्दर र कोमल छिन् भनेर वर्णन गर्छन् ।

उपमा पनि रूपकजस्तै हो, तर श्रोता तथा पाठकहरूलाई यो आलङ्कारिक हो भन्‍ने छनक दिनको निम्ति यसमा "जस्तै" वा "झैं" शब्दहरूको प्रयोग गरिन्छ । माथिको बिम्बमा उपमाको प्रयोग गर्दा "मेरी प्रेमिका रातो गुलाबजस्तै छिन्" हुन्छ ।"

"रूपकहरू र उपमाहरूमा विचारहरूलाई जोड्ने साझा ढाँचाहरूको पृष्ठहरूको लिङ्‍कहरूको लागि बाइबलीय बिम्बविधान - साझा ढाँचाहरू मा जानुहोस् ।"

साझा लक्षणाहरू

कुनै वस्तु वा विचारलाई त्यसकै नामले नपुकारी त्यससँग सम्बन्धित अन्य नामले पुकार्दा लक्षणाको प्रयोग हुन्छ ।

"बाइबलमा भएका केही साझा लक्षणाहरूको सूचीको निम्ति बाइबलीय बिम्बविधान - साझा लक्षणाहरू हेर्नुहोस् ।"

सांस्कृतिक नमुनाहरू

सांस्कृतिक नमुनाहरू जीवन वा व्यवहारका पक्षहरूका मानसिक तस्बिरहरू हुन् । यी तस्बिरहरूले हामीलाई ती कुराहरूको बारेमा कल्पना गर्न र बातचित गर्न मदत गर्छन् । उदाहरणको निम्ति, अमेरिकीहरूले विवाह र मित्रताजस्ता धेरै कुराहरूलाई मेशिनहरूका रूपमा सोच्छन् । अमेरिकीहरूले यस्ता वाक्यहरूको प्रयोग गर्छन्, "उसको विवाह टुट्यो," वा "तिनीहरूको मित्रता तिब्र गतिमा बढिरहेको छ ।"

बाइबलले प्रायः परमेश्‍वरलाई गोठालो र उहाँका मानिसहरूलाई भेडाहरूको रूपमा प्रस्तुत गर्छ । यो सांस्कृतिक नमुना हो ।

परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन । (भजनसंग्रह २३:१)

उहाँले आफ्‍ना मानिसहरूलाई भेडाहरूलाई झैँ बाहिर निकालिल्‍याउनुभयो, र उहाँले तिनीहरूलाई भेडाको बगाललाई झैँ उजाड-स्‍थानको बीचबाट अगुवाइ गर्नुभयो । (भजनसंग्रह ७८:५२)

बाइबलमा सांस्कृतिक नमुनाहरूको प्रयोग इस्राएलीहरूमा मात्र सिमित छैन, प्राचीन निकट पूर्वी संस्कृतिहरूमा पनि यसको प्रचुरता पाइन्छ ।

"बाइबलमा भएका सांस्कृतिक नमुनाहरूको सूचीको निम्ति बाइबलीय बिम्बविधान - सांस्कृतिक नमुना हेर्नुहोस् ।"