ne_ta/checking/self-assessment/01.md

18 KiB
Raw Permalink Blame History

अनुवादको गुणस्तरको आफैंले गरिने जाँच

मण्डली आफैंले अनुवादको गुणस्तर जाँच गर्ने प्रक्रियाको बारेमा वर्णन गर्नु यस खण्डको उद्देश्य हो । तल दिइएको जाँचले सबै किसिमका जाँचहरूको बारेमा नबताइ सबैभन्दा महत्त्वपूर्ण तरिकाहरूको बारेमा बताउँछ । अन्ततः कुन किसिमको जाँचको प्रयोग गर्ने, कहिले गर्ने, कसले गर्ने जस्ता कुराहरू निर्णय गर्ने जिम्मा मण्डलीको हो ।

जाँचको प्रयोग कसरी गर्ने?

यस जाँच विधिमा दुई किसिमका अभिव्यक्तिहरूको प्रयोग गरिएको छ । केही "हो/होइन" जवाफ आउने किसिमका छन् जसमा नकारात्मक जवाफले समाधान गर्नुपर्ने समस्या छ भन्‍ने जनाउँछ । अन्य खण्डहरूमा अनुवाद समूहहरू र जाँचकीहरूका निम्ती वरावर भार भएका विधि सहितका अभिव्यक्तिहरू प्रयोग गरिन्छन् । जाँचकीले (यसको सुरुवात अनुवाद समूहले गर्छ) हरेक अभिव्यक्तिमा -२ सम्मका अङ्क प्रदान गर्नुपर्छः

- असहमत

- केही सहमत

- पूर्ण सहमत

समीक्षाको अन्तमा सबै जवाफको कुललाई जोड्नुपर्छ । यदि जवाफहरूले अनुवादको अवस्थालाई सही तवरले जनाएको खण्डमा तिनले समीक्षकहरूलाई अनुदित खण्डको सम्भावित गुणस्तरको बारेमा जानकारी दिन्छन् । यो फाराम सरल तरिकाले डिजाइन गरिएको छ र यसले समीक्षकलाई अनुवादमा गल्ती भएका ठाउँहरूको जाँच गर्ने वस्तुगत विधि प्रदान गर्छ । उदहरणको लागि, यदि अनुवादको "शुद्धता" राम्रो छ तर "स्वभाविकता" र "स्पष्टता" राम्रो छैन भने अनुवाद समूहले सामुदायिक जाँच धेरै गर्नुपर्छ ।

यो फाराम अनुदित बाइबलीय सामाग्रीका हरेक अध्यायको निम्ती प्रयोग गरिनुपर्छ । अनुवाद समूहले अन्य जाँचहरू सकिएपछि हरेक अध्यायको जाँच गर्नुपर्छ, त्यसपछि तह २ का मण्डलीका जाँचकीहरूले फेरि जाँच गर्नुपर्छ । त्यसपछि तह ३ का जाँचकीहरूले जाँचसूचीको आधारमा अनुवादको जाँच गर्नुपर्छ । मण्डलीले हरेक तहमा वृहत्तर जाँच गरिसकेपछि हरेक अध्यायको पहिला चार खण्डहरू (अवलोकन, स्वभाविकता, स्पष्टता, शुद्धता) बाट अङ्कलाई अद्यावधिक गर्नुपर्छ, यसले मण्डली समुदायलाई अनुवादको सुधार कसरी भइरहेको छ भन्‍ने जानकारी दिन्छ ।

आत्म‍-जाँच

यस प्रक्रियालाई पाँच भागमा विभाजन गरिएको छः अवलोकन (अनुवादको बारेमा जानकारी), स्वभाविकता, स्पष्टता, शुद्धता, र मण्डलीको अनुमोदन

१. अवलोकन
  • तल दिइएका हरेक अभिव्यक्तिको निम्ती "हो" वा "होइन" मा गोलो घेरा लगाउनुहोस् ।*

होइन | हो यो अनुवाद अर्थमा आधारित अनुवाद हो र यसले मूल पाठको अर्थलाई स्वभाविक, स्पष्ट र शुद्धसँग लक्षितभाषामा व्यक्त गरेको छ ।

होइन | हो अनुवादको जाँच गर्ने व्यक्तिहरूले बोल्ने भाषा लक्षितभाषा नै हो ।

होइन | हो यस अध्यायको अनुवाद विश्‍वासको अभिव्यक्तिसँग मेल खान्छ ।

होइन | हो यस अध्यायको अनुवाद अनुवाद निर्देशिकासँग अनुरुप छ ।

२. स्वभाविकताः “यो मेरो भाषा हो”
  • दिइएका अभिव्यक्तिको निम्ती "" वा "१" वा "२" मा गोलो घेरा लगाउनुहोस् ।*

सामुदायिक जाँच धेरै पटक गरेर यस खण्डलाई मजबुद बनाउन सकिन्छ । (हेर्नुहोस् भाषा समुदायले गर्ने जाँच)

१ २ अध्याय सुनेपछि यस अनुवादमा सही भाषिक बनावटको प्रयोग गरिएको छ भन्‍ने कुरामा यो भाषा बोल्ने व्यक्तिहरू सहमत छन्?

१ २ अध्यायमा प्रयोग गरिएका मूल शब्दहरू सांस्कृती रूपले स्वीकारयोग्य र सही छन् भन्‍ने कुरामा यस भाषा बोल्‍ने व्यक्तिहरू सहमत छन् ।

१ २ अध्यायमा प्रयोग गरिएका उदाहरण वा कथाहरू यस भाषा बोल्‍ने व्यक्तिहरूले सजिलै बुझ्‍न सक्छन् ।

१ २ अध्यायमा प्रयोग गरिएका वाक्य‍-विन्यास र पाठको क्रम स्वभाविक र सही छन् भन्‍ने कुरामा यस भाषा बोल्‍ने व्यक्तिहरू सहमत छन् ।

१ २ अध्यायको स्वभाविकताको समीक्षा गर्ने समुदायका सदस्यहरू यस अध्यायको अनुवादमा प्रत्यक्ष रूपमा सहभागी भएका थिएनन् ।

१ २ अध्यायको स्वभाविकताको समीक्षा गर्ने व्यक्तिहरू विश्वासी र अविश्वासी दुबै वा बाइबलसँग त्यती परिचित नभएका व्यक्तिहरू थिए ।

१ २ अध्यायको स्वभाविकताको समीक्षा गर्ने व्यक्तिहरू उही भाषा बोल्ने विभिन्‍न उमेर समूहका व्यक्तिहरू थिए ।

१ २ अध्यायको स्वभाविकताको समीक्षा गर्ने व्यक्तिहरू महिला र पुरुष दुबै थिए ।

३. स्पष्टताः “अर्थ स्पष्ट छ”
  • दिइएका अभिव्यक्तिको निम्ती "" वा "१" वा "२" मा गोलो घेरा लगाउनुहोस् ।*

सामुदायिक जाँच धेरै पटक गरेर यस खण्डलाई मजबुद बनाउन सकिन्छ । (हेर्नुहोस् भाषा समुदायले गर्ने जाँच)

१ २ यस अध्यायको अनुवादमा मातृभाषा बोल्‍ने व्यक्तिहरूले सजिलै बुझ्‍ने भाषाको प्रयोग गरिएको छ ।

१ २ अध्यायमा प्रयोग गरिएका नाम, ठाउँ, र क्रियापदहरू सही भन्‍ने कुरामा यस भाषा बोल्‍ने व्यक्तिहरू सहमत छन् ।

१ २ अध्यायमा प्रयोग गरिएका अलङ्कारहरू यस संकृतिमा भएका मानिसहरूका निम्ती अर्थपूर्ण छन् ।

१ २ अध्यायको ढाँचाले अर्थमा विचलन ल्याएको भन्‍ने कुरामा यस भाषा बोल्‍ने व्यक्तिहरू सहमत छन् ।

१ २ अध्यायको स्पष्टताको समीक्षा गर्ने समुदायका सदस्यहरू यस अध्यायको अनुवादमा प्रत्यक्ष रूपमा सहभागी भएका थिएनन् ।

१ २ अध्यायको स्पष्टताको समीक्षा गर्ने व्यक्तिहरू विश्वासी र अविश्वासी दुबै वा बाइबलसँग त्यती परिचित नभएका व्यक्तिहरू थिए ।

१ २ अध्यायको स्पष्टताको समीक्षा गर्ने व्यक्तिहरू उही भाषा बोल्ने विभिन्‍न उमेर समूहका व्यक्तिहरू थिए ।

१ २ अध्यायको स्पष्टताको समीक्षा गर्ने व्यक्तिहरू महिला र पुरुष दुबै थिए ।

४. शुद्धताः “अनुवादले मूल पाठको अर्थलाई व्यक्त गर्छ”
  • दिइएका अभिव्यक्तिको निम्ती "" वा "१" वा "२" मा गोलो घेरा लगाउनुहोस् ।*

शुद्धताको जाँच धेरै पटक गरेर यस खण्डलाई मजबुद बनाउन सकिन्छ । (हेर्नुहोस् शुद्धताको जाँच)

१ २ अनुवादमा सबै शब्दहरू समावेश भएका छन् भन्‍ने कुराको निश्चितताको लागि स्रोत पाठमा भएका सबै महत्त्वपूर्ण शब्दहरूको सूचीको प्रयोग यस अध्यायमा गरिएको छ ।

१ २ यस अध्यायका सबै महत्त्वपूर्ण शब्दहरूको अनुवाद सही तरिकाले गरिएको छ ।

१ २ यस अध्यायमा र अन्य ठाउँका सबै महत्त्वपूर्ण शब्दहरूको अनुवादमा एकरूपता ल्याइएको छ ।

१ २ सम्पूर्ण अध्यायमा अनुवादका सम्भावित समस्याहरूको पहिचान र समाधानको निम्ती टिप्पणी र शब्द अनुवादजस्ता व्याख्यात्मक स्रोतहरूको प्रयोग गरिएको छ ।

१ २ अनुवादमा स्रोत पाठमा भएका नाम, ठाउँ तथा घटनाहरूजस्ता ऐतिहासिक विवरणहरू सुरक्षित गरिएको छ ।

१ २ अनुदित अध्यायमा भएका हरेक अलङ्कारको अर्थलाई मूल पाठसँग तुलना गरेर मिलाइएको छ ।

१ २ अनुवादमा समावेश नभएका मातृभाषीहरूसँग यस अनुवादको जाँच गरिएको छ र यस अनुवादले स्रोत पाठले चाहेको अर्थ सही तरिकाले व्यक्त गरेको छ भन्‍ने कुरामा तिनीहरू सहमत छन् ।

१ २ यस अध्यायको अनुवादलाई कम्तिमा पनि दुई स्रोत पाठसँग तुलना गरिएको छ ।

१ २ यस अध्यायमा रहेका अर्थ सम्बन्धित प्रश्‍न तथा असहमतीहरू समाधान गरिएका छन् ।

१ २ शब्दका परिभाषाहरू र मूल पाठको उद्देश्य अनुरूपको रहे नरहेको कुरा जाँच गर्नको निम्ती यस अध्यायको अनुवादलाई हिब्रू, ग्रीक र आरामिक जस्ता स्रोत पाठहरूसँग तुलना गरिएको छ ,

५. मण्डलीको अनुमोदनः "अनुवादको भाषा प्रयोग गर्ने मण्डलीले अनुवादको स्वभाविकता, स्पष्टता र शुद्धताको अनुमोदन गरेको छ"
  • दिइएका अभिव्यक्तिको निम्ती "" वा "१" वा "२" मा गोलो घेरा लगाउनुहोस् ।*

होइन | हो यो अनुवादको जाँच गर्ने व्यक्तिहरू लक्षितभाषा बोल्‍ने व्यक्तिहरू हुन् र यसमा स्रोत भाषा राम्ररी बुझ्‍ने व्यक्ती पनि सहभागी गराइएको छ ।

होइन | हो भाषा समुदायमा भएका पुरुष र स्त्री, वृद्ध र बालक सबैले यस अनुवादको समीक्षा गरेका छन् र यो स्वभाविक र स्पष्ट छ भन्‍ने कुरामा सहमत छन् । (टिप्पणी: यसले तह २ को समुदायको जाँचलाई सम्बोधन गर्छ ।)

होइन | हो अध्यायको अनुवादको समीक्षा कम्तिमा पनि दुई फरक मण्डली सञ्‍जालका मण्डली अगुवाहरूले गरेका छन् र यो सही छ भन्‍ने कुरामा सहमत छन् ।*(यसले तह २ को अन्तिम पक्ष मण्डलीको जाँच)लाई सम्बोधन गर्दछ, *

होइन | हो कम्तिमा पनि दुई मण्डली समुदायका नेतृत्ववर्ग वा प्रतिनीधिहरूले यस अनुवादको समीक्षा गरेका छन् र यो अध्यायको अनुवाद विश्वासयोग्य छ भनी समर्थन गरेका छन् ।(यसले तह ३ लाई सम्बोधन गर्छ ।)