ne_ta/checking/intro-levels/01.md

6.2 KiB
Raw Permalink Blame History

जाँचका तहहरूले कसरी काम गर्छन्

जाँचका तहहरूमा काम गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण बुँदाहरूः

  • जाँच तह एक वा माथि पुगेका अनुवादहरूलाई मात्र वचन प्रकटिकरण (unfoldingWord) वेभसाइट र वचन प्रकटिकरण मोबाइल एपमा उपलब्ध गराइन्छ । (हेर्नुहोस् http://ufw.io/content/)
  • तह तीनमा पुगेका अनुवादहरूलाई मात्र स्रोत पाठका रूपमा अन्य अनुवादहरूको लागि अनुमोदन गरिन्छ ।
  • जाँचको एउटा तह समाप्त भएर डोर४३ मा सबै सम्पादनको कार्य सकिएपछि जाँचकीहरूले वचन प्रकटिकरणलाई जाँचको सम्पूर्ण जानकारी दिन्छन् जसमा जाँच गर्ने व्यक्तिको नाम, अनुवाद जाँचकीको रूपमा बहन गरेको पद वा योग्यता समावेश गरिन्छ । त्यसपछि अनफोल्डिङ्वर्डले डोर४३मा भएको जानकारीलाई अनफोल्डिङ्वर्डको वेभसाइट (हेर्नुहोस् https://unfoldingword.bible ) मा स्थिर प्रती डिजिटल माध्यममा प्रकाशित गर्छ र यसलाई मोबाइल एपमा पनि उपलब्ध गराउँछ । यसलाई प्रिन्ट गर्न मिल्ने गरी पिडिएफ फर्म्याटमा डाउनलोड गर्न सकिन्छ । जाँच गरिसकिएको संस्करणलाई डोर४३मा परिवर्तन गर्न सकिन्छ, तसर्थ यसलाई भनिष्यमा जाँच गर्न र सम्पादन पनि गर्न सकिन्छ ।
  • खुला बाइबल कथाहरू परियोजनाहरूको निम्तिः स्रोत भाषा अङ्ग्रेजी भएका संस्करण ३. वा माथिका खुला बाइबल कथाहरू मात्र तह एक (वा माथि) को जाँचको निम्ती योग्य हुन्छन् । संस्करण ३. भन्दा अगाडिका अनुवादहरूलाई जाँचका तहहरूमा जानुअघि अद्यावधिक गर्नुपर्छ । (हेर्नुहोस् स्रोत पाठहरू र संस्करण सङ्ख्याहरू))

जाँचका तहहरू

  • खुला बाइबल कथाहरू* सहितका वचन प्रकटिकरण विषयवस्तुको गुणस्तर विश्‍वनीयताको रणनीतिको छोटकरी वर्णन यहाँ पाउनुहुन्छ र विस्तृतमा http://ufw.io/qa/ मा प्राप्त गर्न सक्‍नुहुन्छ ।

हामीले प्रयोग गर्ने तीन तहको जाँचको स्तर वचन प्रकटिकरणमा भर पर्छ अनुवाद मार्गनिर्देशनहरू। सबै अनुवादहरूलाई विश्‍वासको अभिव्यक्ती तथा अनुवाद मार्गनिर्देशनमा भएका प्रक्रियाहरू र विधिहरूसँग तुलना गरिन्छ । यी दस्ताबेजहरूले आधारको काम गर्छन् भने वचन प्रकटिकरण परियोजनामा जाँचका तीन तहहरू छन्ः

जाँचकीहरूको जाँच

यस दस्ताबेजमा वर्णन गरिएका प्रक्रिया र जाँचको ढाँचा यसको प्रयोग गर्ने मण्डलीले निर्धारण गरेको विषयवस्तुको जाँच र संशोधन निरन्तर प्रक्रियामा भर पर्छ। यसलाई प्रयोग गर्ने सकेसम्म धेरै प्रयोगकर्ताहरूद्वारा दिइने पृष्ठपोषणलाई प्रोत्साहन दिइन्छ (सम्भव भएसम्म अनुवाद सफ्टवेयरमा यसको ढाँचा दिइएको छ) । विषयवस्तुका अनुवादहरू अनुवाद प्लेटफर्ममा उपलब्ध गराइन्छ (हेर्नुहोस् http://door43.org ), प्रयोगकर्ताहरूले सहकार्य गर्दै विषयवस्तुको सृजना गर्ने गरी यसको डिजाइन गरिएको छ ताकि समयक्रममा यसको गुणस्तर वृद्धि होस् ।