ne_ta/translate/translate-source-version/01.md

5.8 KiB

संस्करण सङ्ख्याहरूको महत्त्व

विशेष गरेर अन्‍फोल्‍डिङ्ग वोर्ड जस्तो खुला काममा, प्रकाशित संस्करणहरूको अभिलेख राख्‍न महत्त्वपूर्ण हुन्छ । यो महत्त्वपूर्ण हुन्छ किनभने अनुवादहरू (अनि स्रोत खण्‍डहरू) बारम्बार परिवर्तन भइरहन्छन् । प्रत्येक संस्करणलाई पहिचान गर्न सक्‍नुले कुन पुनरावृत्तिको बारेमा कुरा भइरहेको छ भनेर स्‍पष्‍टता ल्याउनलाई सहायता पुर्‍याउँछ । सबै अनुवादहरू सबैभन्दा पछिल्‍लो आएको स्रोत खण्‍डमा आधारित हुनुपर्छ भन्‍ने कुराको कारणले गर्दा पनि संस्करण सङ्ख्याहरू महत्त्वपूर्ण हुन्छन् । यदि स्रोत खण्‍ड परिवर्तन हुन्छ भने, अनुवादलाई पनि अन्ततः सबैभन्दा पछिल्‍लो आएको संस्करणसँग मेल खुवाउनलाई अद्यावधिक गरिनुपर्छ ।

कुनै अनुवादको काम थालनी गर्नुभन्दा पहिले, तपाईंसँग स्रोत खण्‍डको सबैभन्दा पछिल्‍लो आएको संस्करण छ भनेर कृपया पक्‍का गर्नुहोस् ।

संस्करण छुट्‌ट्याउने कुराले कसरी काम गर्छ

कुनै काम बाहिर आएपछि मात्र संस्करण सङ्ख्याहरू दिइन्छ, तिनीहरूको सम्पादन हुँदा होइन । परिमार्जनको अभिलेखलाई डोर फोर्टी थ्रीमा राखिन्छ, तर यो चाहिँ कुनै कामलाई संस्करण सङ्ख्या दिनेभन्दा बेग्‍लै कुरा हो ।

हरेक स्रोत खण्‍डलाई प्रत्येक पटक त्यो ल्याइँदा एउटा पूर्ण सङ्ख्या दिइन्छ (संस्करण १, २, ३, इत्यादि ... ) । त्यस स्रोत खण्‍डमा आधारित भएको कुनै पनि अनुवादले त्यस स्रोत खण्‍डको संस्करण सङ्ख्यालाई लिनेछ र .१ थप्‍नेछ (अङ्ग्रेजी ओबीएस संस्करण ४ बाटको कुनै पनि खण्‍ड ४.१ हुनेछ) । त्यो बीचको अनुवादमा आधारित रहेको कुनै पनि अर्को थप अनुवादले त्यो जुन संस्करण सङ्ख्याबाट बनाइएको हो त्यसमा अर्को .१ थप्‍नेछ (उदाहरणको लागि ४.१.१) । यी कुनै पनि खण्‍डहरूका नयाँ वितरणहरूले तिनीहरूको “दशमलव सङ्ख्या”लाई १ ले बढाउनेछ ।

कृपया थप विस्तृत विवरणको लागि http://ufw.io/versioning लाई हेर्नुहोस् ।

सबैभन्दा पछिल्‍लो आएको संस्करणलाई कहाँ पाउने

डोर फोर्टी थ्रीको सूचीपत्रमा भएका स्रोतहरूका सबैभन्दा पछिल्‍ला आएका प्रकाशित संस्करणहरूलाई https://door43.org/en/?user=Door43-Catalog मा गएर इन्टरनेटमा हेर्न सकिन्छ । अन्‍फोल्‍डिङ्ग वोर्डको अङ्ग्रेजी स्रोत खण्‍ड पनि विभिन्‍न फर्म्याटमा https://unfoldingword.bible/content/ बाट उपलब्‍ध छ । टिपोटः ट्रान्सलेसन कोर, ट्रान्सलेसन स्टुडियो अनि अन्‍फोल्‍डिङ्ग वोर्डका मोबाइल एपमा सबैभन्दा पछिल्‍ला आएका संस्करण सधैँ हुँदैनन् किनकि सामग्रीलाई अद्यावधिक गर्ने कुरा स्वचालित रूपमा हुँदैन (सबैभन्दा पछिल्‍ला आएका संस्करणहरू पाउनलाई यी हरेक मोबाइल एपहरूमा भएको स्रोत खण्‍डलाई अद्यावधिक गर्ने चुनाउलाई तपाईंले प्रयोग गर्न सक्‍नुहुनेछ) ।