ne_tw/bible/other/water.md

40 lines
5.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# पानी, गहिरो
## परिभाषा:
“पानी” शब्दको मूल अर्थ भन्दा अतिरिक्त, यसले प्रायः पानीबाट बनेको आकृति जस्तै सागर, समुद्र, ताल, वा नदीलाई जनाउँछ।
* “पानीहरू” भन्‍ने शब्दले पानीको आकृति वा पानीको श्रोतहरूलाई जनाउँछ। पानीको ठुलो मात्रालाई जनाउने साधारण संकेत हुनसक्छ।
* “पानीहरू” लाई आलंकारिक रूपमा ठुलो पीडा, कठिनाइहरू, र भोगेका कष्‍टहरूलाई जनाउन प्रयोग गरिन्छ। उदाहरणको लागि, परमेश्‍वरले प्रतिज्ञा गर्नुहुन्छ कि हामी “पानीहरूबाट भएर जाँदा” वहाँ हामीसित रहनुहुनेछ।
* “धेरै पानीहरू” ले कठिनाइहरू कति ठुलो छ भन्‍ने कुरालाई जोड दिन्छ।
* पशु र अरू जन्तुहरूलाई “पानी दिनु” भनेको तिनीहरूका निम्ति “पानी उपलब्ध गराउनु” हो। बाइबलीय समयमा, पानी दिँदा इनारबाट बाल्टीको प्रयोग गरी पानी निकाल्ने र पशुप्राणीहरूलाई पिउन दिनको निम्ति एउटा गर्त वा अर्को भाँडोमा खन्याउने गरिन्थ्यो।
* पूरानो नियममा, परमेश्‍वरलाई वहाँको मानिसको निम्ति छहरा वा “जीवित पानीहरू” को फोहोराको रूपमा संकेत गरिएको छ।
* नयाँ नियममा, येशूले “जीवित पानी” भन्‍ने वाक्यांशलाई कुनै मानिसको जीवनलाई परिवर्तन गरी पवित्र आत्माद्वारा नयाँ जीवन दिने कुरालाई जनाउनको निम्ति प्रयोग गर्नुभयो।
## अनुवाद सुझावहरूः
* “पानी तान्‍नु” भन्‍ने वाक्यांशलाई “इनारबाट बाल्टीले पानी तान्‍नु” भनेर अनुवाद गर्न सकिन्छ।
* “तिनीहरूबाट जीवित पानीका खोलाहरू बग्‍नेछन्” भन्‍ने वाक्यांशलाई “पवित्र आत्माको शक्ति र आशिषहरू तिनीहरूबाट पानीका खोलाहरू झैँ बग्‍नेछन्” भनेर अनुवाद गर्न सकिन्छ। “आशिषहरू” को सट्टामा “वरदानहरू” वा “फलहरू” वा “परमेश्‍वरको जस्तै चरित्र” भन्‍ने शब्दहरू प्रयोग गर्न सकिन्छ।
* येशू इनारको छेऊमा सामरी स्‍त्रीसँग कुरा गरिरहनुहुँदा, “जीवित पानी” भन्‍ने वाक्यांशलाई “पानी जसले जीवन दिन्छ” वा “जीवन दिने पानी” भनेर अनुवाद गर्न सकिन्छ।
* “पानीहरू” वा “धेरै पानीहरू” लाई “ठुलो दुःख (जसले पानी झैँ घेर्छ)” वा “भारी कठिनाइ” (पानीको बाढी झैँ) भनेर अनुवाद गर्न सकिन्छ।
(यो पनि हेर्नुहोस्: <u>जीवन, आत्मा, पवित्र आत्मा, शक्ति</u>)
## ​बाइबल सन्दर्भहरू:
<u>प्रेरित ८:३६-३८</u>
<u>प्रस्थान १४:२१</u>
<u>यूहन्‍ना ४:१०</u>
<u>यूहन्‍ना</u> <u>४:१४</u>
<u>यूहन्‍ना</u> <u>४:१५</u>
<u>मत्ती १४:२८-३०</u>
## शब्द तथ्याङ्कः
स्ट्रोंग्स H2222, H4325, H4529, H4857, H7301, H7783, H8248, H8415, G05040, G42150, G42220, G52020, G52040