ne_tw/bible/other/water.md

5.1 KiB
Raw Permalink Blame History

पानी, गहिरो

परिभाषा:

“पानी” शब्दको मूल अर्थ भन्दा अतिरिक्त, यसले प्रायः पानीबाट बनेको आकृति जस्तै सागर, समुद्र, ताल, वा नदीलाई जनाउँछ।

  • “पानीहरू” भन्‍ने शब्दले पानीको आकृति वा पानीको श्रोतहरूलाई जनाउँछ। पानीको ठुलो मात्रालाई जनाउने साधारण संकेत हुनसक्छ।
  • “पानीहरू” लाई आलंकारिक रूपमा ठुलो पीडा, कठिनाइहरू, र भोगेका कष्‍टहरूलाई जनाउन प्रयोग गरिन्छ। उदाहरणको लागि, परमेश्‍वरले प्रतिज्ञा गर्नुहुन्छ कि हामी “पानीहरूबाट भएर जाँदा” वहाँ हामीसित रहनुहुनेछ।
  • “धेरै पानीहरू” ले कठिनाइहरू कति ठुलो छ भन्‍ने कुरालाई जोड दिन्छ।
  • पशु र अरू जन्तुहरूलाई “पानी दिनु” भनेको तिनीहरूका निम्ति “पानी उपलब्ध गराउनु” हो। बाइबलीय समयमा, पानी दिँदा इनारबाट बाल्टीको प्रयोग गरी पानी निकाल्ने र पशुप्राणीहरूलाई पिउन दिनको निम्ति एउटा गर्त वा अर्को भाँडोमा खन्याउने गरिन्थ्यो।
  • पूरानो नियममा, परमेश्‍वरलाई वहाँको मानिसको निम्ति छहरा वा “जीवित पानीहरू” को फोहोराको रूपमा संकेत गरिएको छ।
  • नयाँ नियममा, येशूले “जीवित पानी” भन्‍ने वाक्यांशलाई कुनै मानिसको जीवनलाई परिवर्तन गरी पवित्र आत्माद्वारा नयाँ जीवन दिने कुरालाई जनाउनको निम्ति प्रयोग गर्नुभयो।

अनुवाद सुझावहरूः

  • “पानी तान्‍नु” भन्‍ने वाक्यांशलाई “इनारबाट बाल्टीले पानी तान्‍नु” भनेर अनुवाद गर्न सकिन्छ।
  • “तिनीहरूबाट जीवित पानीका खोलाहरू बग्‍नेछन्” भन्‍ने वाक्यांशलाई “पवित्र आत्माको शक्ति र आशिषहरू तिनीहरूबाट पानीका खोलाहरू झैँ बग्‍नेछन्” भनेर अनुवाद गर्न सकिन्छ। “आशिषहरू” को सट्टामा “वरदानहरू” वा “फलहरू” वा “परमेश्‍वरको जस्तै चरित्र” भन्‍ने शब्दहरू प्रयोग गर्न सकिन्छ।
  • येशू इनारको छेऊमा सामरी स्‍त्रीसँग कुरा गरिरहनुहुँदा, “जीवित पानी” भन्‍ने वाक्यांशलाई “पानी जसले जीवन दिन्छ” वा “जीवन दिने पानी” भनेर अनुवाद गर्न सकिन्छ।
  • “पानीहरू” वा “धेरै पानीहरू” लाई “ठुलो दुःख (जसले पानी झैँ घेर्छ)” वा “भारी कठिनाइ” (पानीको बाढी झैँ) भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: जीवन, आत्मा, पवित्र आत्मा, शक्ति)

​बाइबल सन्दर्भहरू:

प्रेरित ८:३६-३८

प्रस्थान १४:२१

यूहन्‍ना ४:१०

यूहन्‍ना ४:१४

यूहन्‍ना ४:१५

मत्ती १४:२८-३०

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2222, H4325, H4529, H4857, H7301, H7783, H8248, H8415, G05040, G42150, G42220, G52020, G52040