ne_tw/bible/other/vision.md

3.3 KiB
Raw Permalink Blame History

दर्शन, परिकल्पना गर्नु

तथ्यहरू:

“दर्शन”ले व्यक्‍तिले देख्‍ने केही कुरोलाई जनाउँछ । यसले खास गरी मानिसहरूलाई सन्देश दिन परमेश्‍वरले तिनीहरूलाई देखाउनुहुने असाधारण वा अलौकिक कुरोलाई जनाउँछ ।

  • साधारणतयाः, दर्शनहरू व्यक्‍ति जागा हुँदा देखिन्छन् । तथापि कहिलेकाहीँ व्यक्‍ति सुतिरहेको बेलमा देखेको सपना पनि दर्शन हुन्छ ।
  • मानिसहरूलाई निकै महत्त्वपूर्ण कुरो बताउन परमेश्‍वरले दर्शनहरू पठाउनुहुन्छ । उदाहरणको लागि, पत्रुसले गैरयहूदीहरूलाई स्वागत गरून् भन्‍ने परमेश्‍वरले चाहनुहुन्थ्यो भनी बताउन उहाँले पत्रुसलाई दर्शन देखाउनुभयो ।

अनुवादका निम्ति सुझावहरूः

  • “दर्शन देख्यो” भन्‍ने वाक्यांशलाई “परमेश्‍वरबाट आएको केही असाधारण कुरो देख्यो” वा “परमेश्‍वरले उसलाई केही विशेष कुरो देखाउनुभयो” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही भाषाहरूमा “दर्शन” र “सपना” को लागि बेग्लाबेग्लै शब्दहरू नहुन सक्छन् । त्यसैले, “दानिएलले सपनाहरू र दर्शनहरू देखे” भन्‍ने वाक्यलाई “दानिएल मस्त निदाइरहेको बेला तिनले सपना देख्दै थिए, र परमेश्‍वरले तिनलाई असाधारण कुराहरू देखाउनुभयो" भनी अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: सपना)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2376, H2377, H2378, H2380, H2384, H4236, H4758, H4759, H7203, H7723, H8602, G37010, G37050, G37060