ne_tw/bible/other/dream.md

4.8 KiB
Raw Permalink Blame History

सपना

परिभाषा:

मानिसहरू सुतेको बेला उनीहरूले देख्‍ने, सुन्‍ने र अनुभव गर्ने दिमागी प्रकिया हो।

  • कतिपय अवस्थामा मानिसहरूले सपनामा देखेको कुरा वास्तविकजस्तो लागे तापनि वास्तविक हुँदैन।
  • कहिले काहीँ परमेश्‍वरले शिक्षा दिनलाई मानिसहरूलाई सपना पठाउनुहुन्छ। कहिले काहीँ परमेश्‍वर मानिसहरूसँग सपनामा सिधै बोल्नुहुन्छ।
  • बाइबलमा, परमेश्‍वरले केही मानिसहरूलाई सन्देश दिनको लागि विशेष सपनाहरू दिनुभयो, प्रायः भविष्यमा हुने कुराको बारेमा। सपना देख्नु भन्दा फरक हुन्छ। सपना मानिस सुतेको बेला हुन्छ तर दर्शन सामान्यतया मानिस ब्युझिएको बेला हुन्छ।
  • सपना देख्नु भन्दा फरक हुन्छ। सपना मानिस सुतेको बेला हुन्छ तर दर्शन सामान्यतया मानिस ब्युझिएको बेला हुन्छ।

(यो पनि हेर्नुहोस्: दृष्टि)

​बाइबल सन्दर्भहरू:

प्रेरित २:१६-१७

दानिएल १:१७-१८

दानिएल २:१

उत्पत्ति ३७:६

उत्पत्ति ४०:४-५

मत्ती २:१३

मत्ती २:१९-२१

बाइबलका कथाहरूबाट उदाहरणहरू:

८:२ यूसुफका भाइहरूले तिनलाई घृणा गरे किनभने तिनीहरूका बुबाले तिनलाई सबैभन्दा धेरै माया गर्थे र यूसुफले सपना देखेका थिए कि उनी तिनीहरूको शासक हुनेछन्।

८:६ एक रात, फारो, जसलाई मिश्रीहरूले आफ्ना राजाहरू भन्थे, दुइटा सपना देखे जसले उहाँलाई धेरै विचलित बनायो। उनका कुनै पनि सल्लाहकारले उनलाई सपनाको अर्थ बताउन सकेनन्।

८:७ परमेश्वरले यूसुफलाई सपनाको व्याख्या गर्ने क्षमता दिनुभएको थियो, त्यसैले फारोले यूसुफलाई जेलबाट ल्याए। जोसेफले उनको लागि सपनाको व्याख्या गरे र भने, "परमेश्‍वरले सात वर्षको प्रचुर फसल र सात वर्षको अनिकाल पठाउनुहुनेछ।"

१६:११ त्यस रात, गिदोन छाउनीमा गए र एक मिद्यानी सिपाहीले आफ्नो साथीलाई सपनामा देखेको कुरा बताइरहेको सुने। त्यस मानिसको साथीले भन्यो, "यस सपनाको अर्थ गिदोनको सेनाले मिद्यानी सेनालाई पराजित गर्नेछ!"

२३:१ ऊ (जोसेफ) उसलाई (मरियम) लाजमा पार्न चाहँदैनथ्यो, त्यसैले उसले चुपचाप तिनलाई सम्बन्धविच्छेद गर्ने योजना बनायो। उसले त्यो गर्न सक्नु अघि, एक स्वर्गदूत आए र सपनामा उहाँसँग कुरा गरे।

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1957, H2472, H2492, H2493, G17970, G17980, G36770