ne_tw/bible/other/tunic.md

2.6 KiB
Raw Permalink Blame History

दौरा

परिभाषा:

बाइबलमा, “दौरा” शब्दले छालामा लपेटेर अरू लुगामुनि लगाइने लुगालाई बुझाउँछ ।

  • दौरा काँधबाट कम्मर वा घुँडासम्म पुग्छ र यसलाई सामान्यतयाः पेटीविना नै लगाइन्थ्यो । धनी मानिसहरूले लगाउने दौराहरू कहिलेकाहीं बहुलाहरू हुन्थे र गोलीगाँठीसम्म पुग्थ्यो ।
  • दौराहरू छाला, रौँले बुनेको कपडा, ऊन वा मलमलबाट बनेका हुन्थे, अनि यो पुरुष र महिला दुवैले लगाउने गर्थे ।
  • दौरा सामान्यतया टोगा (प्राचीन रोममा पुरुषले लगाउने एकै टुक्राको खास्टो) जस्ता बाहिरी लुगामुनि लगाइन्थ्यो । न्यानो मौसममा दौरा कहिलेकाहीँ बाहिरी कपडाविना नै लगाइन्थ्यो ।
  • यसलाई "लामो शर्ट" वा "लामो भित्रपट्टी लाउने लुगा" वा "सर्टजस्तो लुगा" को रूपमा अनुवाद गर्न सकिन्छ । यो कस्तो प्रकारको कपडा थियो भनेर व्याख्या गर्न नोटको साथ दौरा समान नै पनि लेख्‍न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: अज्ञातहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: अलखा)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H2243, H3801, H6361, G55090