ne_tw/bible/other/trouble.md

4.5 KiB
Raw Permalink Blame History

कष्‍ट, बाधा पुर्‍याउनु, उच्छाल्नु, आपद्‌, कठिनाइ, विपत्ति

परिभाषा:

“कष्‍ट” अति कठिनाइ र आपद्को‌ एउटा अनुनभव हो । कसैलाई “कष्‍टमा पार्नु”को अर्थ उक्त व्यक्तिलाई दुःखमा पारेर "दिक्‍दार पार्नु" हो । केही कुरोबारे दुःख वा बैचनको अनुभव गर्नु ।

  • कष्‍टहरू शारीरिक, संवेगात्मक र आत्मिक कुराराहरू हुन सक्छन्, जसले व्यक्‍तिलाई चोट पुर्‍याउँछन् ।
  • बाइबलमा कष्‍टहरू अक्सर विश्‍वासीहरूलाई परिपक्‍व बनाउन र तिनीहरूका विश्‍वासमा बढ्न मदत गर्न परमेश्‍वरले प्रयोग गर्नुहुने जाँचका समयहरू हुन्‌ ।
  • पुरानो करारमा “कष्‍ट”ले अनैतिक र परमेश्‍वरलाई इन्कार गर्ने जातिहरूमाथि आउने न्यायलाई पनि उल्लेख गर्थ्यो ।

अनुवादका निम्ति सुझावहरूः

  • “कष्‍ट” वा “कष्‍टहरू” शब्दहरूलाई "खतरा” वा “आइपर्ने दर्दनाक कुराहरू” वा “सतावट” वा “कठिन अनुभवहरू” वा “हैरानी” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कष्‍टमा परेको”लाई “दुःख भएर गुज्रेको” वा “भयानक दुःख महसुस गरेको” वा “चिन्तित” वा “बैचन भएको” वा “आतङ्कित” वा “व्याकुल भएको” भन्‍ने जस्ता शब्द वा शब्दहरूमा अनुवाद गर्न सकिन्छ ।
  • "उसलाई दुःख नदेओ"लाई "उसलाई दिक्क नपार" वा "उसको आलोचना नगर" भनी अनुवाद गर्न सकिन्छ ।
  • “कष्‍टको दिन” वा “कष्‍टको समय” लाई “तपाईंले हैरानी महसुस गर्नुहुँदा” वा “तपाईंको जीवनमा कठिन कुराहरू आइपर्दा” वा “परमेश्‍वरले तपाईंलाई व्याकुल तुल्याउने कुराहरू ल्याउनुहुँदा” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कष्‍टमा पार्नु” वा “कष्‍ट ल्याउनु”लाई “व्याकुल तुल्याउने कुराहरू गराउनु” वा “कठिनाइहरू ल्याउनु” वा “तिनीहरूलाई ज्यादै कठिन कुराहरूको अनुभव गर्न लगाउनु” भनी अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: आक्रान्त पार्नु, सताउनु)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0205, H0926, H0927, H1204, H1607, H1644, H1804, H2000, H4103, H5916, H5999, H6031, H6040, H6470, H6696, H6862, H6869, H6887, H7264, H7267, H7451, H7489, H8513, G03870, G16130, G17760, G23460, G23470, G23500, G23600, G28730, G36360, G39260, G39300, G39860, G44230, G46600, G50150, G51820