ne_tw/bible/other/afflict.md

4.3 KiB
Raw Permalink Blame History

दु:ख, कष्ट, कष्ट

परिभाषा:

दु:ख शब्दको अर्थ  "पिडा - कष्ट" भन्‍ने हुन्छ‒ कसैलाई दुःख दिनु वा हैरान पार्नु। “पीडा” रोग, भावनात्मक शोक वा यसबाट उत्पन्‍न हुने अन्य विपत्तिहरू हुन्।

  • कहिलेकाहीँ परमेश्‍वरले आफ्ना मानिसहरूलाई आफ्ना पापहरूबाट पश्‍चात्ताप गर्ने र उहाँतिर फर्कने उद्देश्यले बिरामी वा अन्य कठिनाइहरूबाट सताउनुहुन्थ्यो।
  • तिनीहरूका राजाले परमेश्‍वरको आज्ञा पालन गर्न इन्कार गरेकोले मिश्रका मानिसहरूमाथि परमेश्‍वरले विपत्ति वा विपत्तिहरू ल्याउनु भयो।
  • “पीडित हुनु” भनेको रोग, सतावट वा भावनात्मक शोकजस्ता कुनै न कुनै प्रकारको कष्टबाट पीडित हुनु हो।
  • पुरानो नियमका केही सन्दर्भहरूमा, "आफैलाई दुःख दिनु" वा "आत्मालाई दुःख दिनु" भन्‍ने विचारको अर्थ खाना खानबाट अलग रहनु हो।

अनुवादका निम्ति सुझावहरूः

  • कसैलाई “पीडा दिनु” लाई “कसैलाई कष्‍टको अनुभव गर्न लगाउनु” वा “कसैलाई दुःख दिनु” वा “कसैको जीवनमा दुःखकष्‍ट आउनु दिनु” भनी अनुवाद गर्न सकिन्छ।
  • निश्‍चित सन्दर्भहरूमा “पीडा दिनु” लाई “हुन आउनु दिनु” वा “आउन दिनु” वा “दुःखकष्‍ट ल्याउनु” भनी अनुवाद गर्न सकिन्छ।
  • “कसैलाई कुष्‍ठरोगले पीडा दिनु” भन्‍नेजस्ता पदावलीलाई “कसैलाई कुष्‍ठरोगले बिरामी पार्नु” भनी अनुवाद गर्न सकिन्छ।
  • जब मानिसहरू वा जनावरहरूलाई “पीडा दिन” कुनै विपत्ति वा प्रकोप पठाइन्छ, तब यसलाई “दुःखकष्‍ट ल्याउनु” भनी अनुवाद गर्न सकिन्छ।
  • सन्दर्भमा आधारित रहेर “पीडा” लाई “विपत्ति” वा “रोग” वा “दुःखकष्‍ट” वा “ठुलो आपत्” भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्ः कुष्‍ठरोग, कुष्‍ठरोगी, कुष्‍ठरोगसम्बन्धी, दुःखकष्‍ट दिनु, दुःखकष्‍ट)

​बाइबलका सन्दर्भहरू:

  • २ थेसलोनिकी १:६
  • आमोस ५:१२
  • कलस्सी २ः४
  • प्रस्थान २२:२२-२४

उत्पत्ती १२:१७-२०

  • उत्पत्ती १५:१२-१३
  • उत्पत्ती २९:३२

शब्द तथ्याङ्कः​

  • स्ट्रोंग्स H0205, H3013, H3905, H3906, H6031, H6039, H6040, H6041, H6862, H6869, H6887, H7451, H7489, G23460, G23470, G38040