ne_tw/bible/other/tax.md

7.3 KiB
Raw Permalink Blame History

कर, महसुल, करारोपण, करदाता, कर उठाउने

परिभाषा:

"कर" र "करहरू" शब्दहरूले मानिसहरूले आफूमाथि शसन गर्ने सरकारलाई तिर्ने पैसा वा सामानहरूलाई जनाउँछ । "कर उठाउने" मानिसहरूले सरकारलाई तिनुपर्ने करहरू बापत प्राप्‍त रकम लिने सरकारी कर्मचारी हो ।

  • करको रूपमा तिर्ने पैसाको मात्रा सामान्यतया कुनै वस्तुको मूल्य वा व्यक्तिको सम्पत्तिको मूल्यमा आधारित हुन्छ ।
  • येशू र प्रेरितहरूको समयमा, यहूदीहरू लगायत रोमी साम्राज्यभित्र बस्‍ने सबैले रोमी सरकारलाई कर तिर्नुपर्थ्यो ।
  • यदि कर नतिरेमा सरकारले कर तिरेको रकम प्राप्त गर्न व्यक्तिलाई कानुनी कारबाही गर्न सक्छ ।
  • जोसेफ र मरियम रोमी साम्राज्यमा बस्‍ने सबैलाई कर लगाउने जनगणनामा गणनाको निम्ति बेथलेहेम गए ।
  • "कर" शब्दलाई सन्दर्भअनुसार "भुक्तान गर्नुपर्ने" वा "सरकारी पैसा" वा "मन्दिरको पैसा" भनेर अनुवाद गर्न सकिन्छ ।
  • "कर तिर्नु" लाई "सरकारलाई पैसा तिर्नु" वा "सरकारको लागि पैसा प्राप्त गर्नु" वा "आवश्यक भुक्तानी गर्नु" भनेर अनुवाद गर्न सकिन्छ ।  "कर सङ्कलन गर्नु" लाई "सरकारको लागि पैसा प्राप्त गर्नु" भनेर अनुवाद गर्न सकिन्छ ।
  • "कर उठाउने" सरकारको निम्ति काम गर्ने र जनताले यसको निम्ति तिर्नुपर्ने रकम लिने कोही व्यक्ति हो ।
  • रोमी सरकारको लागि कर उठाउने मानिसहरूले प्रायः सरकारले माग गरेभन्दा बढी रकम जनताबाट माग्‍ने गर्थे । कर उठाउनेहरूले अतिरिक्त रकम आफ्नो लागि राख्थे ।
  • कर उठाउनेहरूले मानिसहरूलाई यसरी ठगेका कारण यहूदीहरूले तिनीहरूलाई सबैभन्दा खतम पापीहरू मान्थे ।
  • यहूदी कर उठाउनेहरूलाई पनि यहूदीहरूले आफ्ना मानिसहरूलाई विश्‍वासघात गर्नेहरू ठान्थे, किनभने तिनीहरूले यहूदीहरूलाई दमन गर्ने रोमी सरकारको लागि काम गरेका थिए ।
  • यहूदीहरूले कर उठाउनेहरूलाई कति घृणा गर्थे भनी देखाउन "कर उठाउनेहरू र पापीहरू" वाक्यांश नयाँ करारमा एउटा प्रख्यात अभिव्यक्ति थियो ।

(यो पनि हेर्नुहोस्: यहूदी, रोम, पाप)

बाइबलका सन्दर्भहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

३४:६ उहाँले भन्‍नुभयो, “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए । तिनीहरूमध्ये एक जना कर उठाउने थिए, र अर्को धार्मिक अगुवा थिए ।” ३४:७ "धार्मिक अगुवाले यसरी प्रार्थना गरे, 'परमेश्‍वर तपाईंलाई धन्यवाद, लुटेराहरू, अन्यायी मानिसहरू, व्यभिचारीहरू, वा त्यो कर उठाउनेहरू जस्ता अरू मानिसहरू जस्तो म पापी छैन ।'" ३४:९ "तर कर उठाउने धार्मिक शासकभन्दा टाढै उभियो, स्वर्गतिर पनि हेरेन । बरु, उसले आफ्नो छाती पिट्दै र प्रार्थना गर्‍यो, 'हे परमेश्‍वर, ममाथि कृपा गर्नुहोस् किनभने म पापी हुँ ।'" ३४:१० त्यसपछि येशूले भन्‍नुभयो, "म तिमीलाई साँचो भन्छु, परमेश्‍वरले कर उठाउनेको प्रार्थना सुन्‍नुभयो र उसलाई धर्मी भएको घोषणा गर्नुभयो ।" ३५:१ एक दिन, येशूले धेरै कर उठाउनेहरू र अरू पापीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो जो उहाँको शिक्षा सुन्‍न भेला भएका थिए ।

शब्द विवरणः

  • कर: Strongs: H2670, H4060, H4371, H4522, H4864, H6186, G13230, G27780, G50550, G54110
  • कर उठाउने: Strongs: H5065, H5674, G50570, G50580