ne_tw/bible/other/oath.md

4.8 KiB
Raw Permalink Blame History

शपथ, कसम खानु, कसम खाने, द्वारा कसम खानु

परिभाषा:

बाइबलमा "शपथ" शब्दले सामान्तयाः कानुनी वा धार्मिक सन्दर्भमा गरिने औपचारिक प्रतिज्ञालाई जनाउँछ, जसमा शपथ लिने व्‍यक्‍तिले आफ्नो प्रतिज्ञालाई पूरा नगरेको खण्डमा कुनै किसिमको जवाफदेहिता वा दण्डलाई स्वीकार गर्छ । बाइबलमा "कसम खानु"को अर्थ शपत लिनु हुन्छ ।

  • कानुनको अदालतमा, एक साक्षीले प्रायः उसले जे भन्छ सो सत्य र तथ्यपरक हुनेछ भनी प्रतिज्ञा गर्छ ।
  • आधुनिक समयमा, "कसम खानु"को एउटा अर्थ अभद्र वा अश्लील भाषा प्रयोग गर्नु हो । यो बाइबलमा यो अर्थ कहिल्यै छैन ।
  • "द्वारा (कसैको नाममा) कसम खानु"को अर्थ शपथ खानको निम्ति कुनै वा केही कुरालाई आधार वा शक्तिको रूपमा लिनु हो ।
  • अब्राहाम र अबीमेलेकले इनारको सम्बन्धमा सँगै करार बाँध्दा शपथ खाए ।
  • अब्राहामले आफ्नो नोकरलाई कसम खान (औपचारिक प्रतिज्ञा) भने कि उसले अब्राहामका आफन्तहरूमध्येबाट इसहाकलाई पत्‍नी ल्याइदिन अब्राहामका सेवकले शपथ खाए (औपचारिक रूपमा प्रतिज्ञा गरे)।
  • परमेश्‍वरले आफ्ना मानिसहरूलाई प्रतिज्ञा गर्नुभएको कुरामा पनि शपथ खानुभयो ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार, "शपथ" लाई "संकल्प" वा "गम्भीर प्रतिज्ञा" को रूपमा पनि अनुवाद गर्न सकिन्छ ।
  • "कसम खानु" लाई "औपचारिक रूपमा प्रतिज्ञा गर्नु" वा "संकल्प गर्नु" वा "केही गर्ने प्रतिबद्धता" भनेर अनुवाद गर्न सकिन्छ ।
  • "मेरो नाममा कसम खानु"लाई अनुवाद गर्ने अरू तरिकाहरू "यसलाई पुष्टि गर्न मेरो नाम प्रयोग गरेर प्रतिज्ञा गर्नु" पर्न सक्छ ।
  • "स्वर्ग र पृथ्वीको कसम खानु"लाई "यसलाई स्वर्ग र पृथ्वीले पुष्टि गर्नेछ भनी उल्लेख गरेर केही गर्ने प्रतिज्ञा गर्नु" भनेर अनुवाद गर्न सकिन्छ ।
  • "शपथ" वा "कसम"को अनुवादले सरापलाई नजाओस् । बाइबलमा यसको त्यो अर्थ छैन ।

(यो पनि हेर्नुहोस्: अबीमेलेक, करार, भाकल)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0422, H0423, H3027, H5375, H7621, H7650, G03320, G36600, G37270, G37280