ne_tw/bible/other/leprosy.md

3.6 KiB
Raw Permalink Blame History

छाला रोग, कुष्ठरोगी, कुष्ठरोग

परिभाषा:

बाइबलमा “कुष्ठरोग” शब्दलाई विभिन्‍न किसिमका छालासम्बन्धी रोगहरूलाई जनाउन प्रयोग गरिएको छ । कुष्ठरोग भएको व्यक्तिलाई "कुष्ठरोगी" भनिन्छ । "कुष्ठरोग लागेको" शब्दले कुष्ठरोगबाट संक्रमित व्यक्ति वा शरीरको भागलाई दर्शाउँछ ।

  • मिरियम र नामानलाई कुष्ठरोग भएको बेलाजस्तै कुनै प्रकारको कुष्ठरोगले छालाको केही भाग सेतो दागहरूले फिक्‍का देखिने बनाउँछ ।
  • आधुनिक समयमा, कुष्ठरोगले अक्सर हात, खुट्टा र शरीरका अन्य भागहरू क्षति पुर्‍याउँछ र विकृत बनाउँछ ।
  • इस्राएलीहरूलाई परमेश्‍वरले दिनुभएको निर्देशनअनुसार, कुनै व्यक्तिलाई कुष्ठरोग लाग्दा, उसलाई "अपवित्र" मानिन्थ्यो र अरू मानिसहरूबाट टाढा रहनुपर्थ्यो ताकि तिनीहरू रोगबाट संक्रमित नहोऊन् ।
  • कुष्ठरोगीले प्रायः "अशुद्ध" भनिरहनुपर्थ्यो, ताकि अरूहरूलाई त्यसको नजिक नआउन चेतावनी मिलोस् ।
  • येशूले धेरै कुष्ठरोगीहरूलाई निको पार्नुभयो, र अरू प्रकारका रोगी मानिसहरूलाई पनि निको पार्नुभयो ।

अनुवादका निम्ति सुझावहरूः

  • बाइबलमा “कुष्ठरोग” शब्दलाई “छालाको रोग” वा “डरलाग्दो छालाको रोग” भनेर अनुवाद गर्न सकिन्छ ।
  • "कुष्ठरोगी" लाई अनुवाद गर्ने तरिकाहरूमा "कुष्ठरोगले भरिएको" वा "छाला रोगबाट संक्रमित" वा "छालालाई घाउले ढाकिएको" पर्न सक्छ ।

(यो पनि हेर्नुहोस्: मिरियम, नामान, शुद्ध)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H6879, H6883, G30140, G30150