ne_tw/bible/other/falsewitness.md

2.9 KiB
Raw Permalink Blame History

भ्रष्ट साक्षी, झुटो प्रतिवेदन, झुटो गवाही, झुटो साक्षी

परिभाषा:

"झुटो गवाही" र "भ्रष्ट साक्षी"ले कुनै पनि व्‍यक्‍ति वा घटनाको बारेमा सामान्यतयाः अदालतजस्तो औपचारिक परिवेशमा असत्य कुराहरू भन्‍ने व्यक्तिलाई जनाउँछ ।

  • बोलिएको झुटो कुरालाई “झुटो गवाही” वा “झुटो प्रतिवेदन” भनिन्छ ।
  • “झुटो गवाही दिनु”को अर्थ कुनै कुराको बारे झुटो बोल्नु वा झुटो प्रतिवेदन दिनु हो ।
  • कुनै मानिसलाई सजाय दिन वा मार्नको निम्ति झुटा साक्षीहरूलाई भाडामा लिइएका केही विवरणहरू बाइबलले दिन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • "झुटो गवाही दिनु" वा "झुटो साक्षी दिनु" लाई "झुटपूर्वक गवाही दिनु" वा "कसैको बारेमा झुटो प्रतिवेदन दिनु" वा "कसैको विरुद्धमा झुटो बोल्नु" वा "झुटो बोल्नु" भनेर अनुवाद गर्न सकिन्छ ।
  • "झुटो साक्षी" ले व्यक्तिलाई बुझाउँदा, यसलाई "झुटो बोल्‍ने व्यक्ति" वा "झुटपूर्वक साक्षी दिने व्यक्ति" वा "सत्य नभएको कुरा बोल्ने व्यक्ति" भनेर अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: गवाही, सत्य)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H5707, H6030, H7650, H8267, G19650, G31440, G55710, G55750, G55760, G55770