ne_tw/bible/other/eagle.md

2.3 KiB
Raw Permalink Blame History

चिल

परिभाषा:

चिल ठुलो र शक्‍तिशाली सिकारी चरा हो, यसले माछा, मुसा, सर्प र कुखुराजस्ता साना जनावरहरू खान्छ ।

  • बाइबलले सेनाको गति र सामर्थ्यलाई आफ्नो सिकार समात्‍न अति छिटो र अचानक वेग गतिमा झम्टने चिलसँग तुलना गर्छ ।
  • परमेश्‍वरमा भरोसा गर्ने मानिसहरू चिलझैँ माथि-माथि उड्नेछन् भनी यशैयाले लेखेका छन् । यो परमेश्‍वरमा भरोसा गर्दा र उहाँको आज्ञा पालाना गर्दा आउने स्वतन्‍त्रता र शक्‍तिको बारे वर्णन गर्न प्रयोग गरिएको आलङ्कारिक भाषा हो ।
  • दानिएलको पुस्तकमा नबूकदनेसरको कपालको लम्बाईलाई चिलको प्वाँखको लम्बाइसँग तुलना गरिएको छ, जसको लम्बाइ ५० सेन्टिमिटर हुन्छ ।

(यो पनि हेर्नुहोस्: अज्ञातहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: दानिएल, स्वतन्त्र, नबूकदनेसर, शक्ति)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H5403, H5404, G01050