ne_tw/bible/other/consume.md

4.2 KiB
Raw Permalink Blame History

​उपभोग गर्नु(भस्म पार्नु), सखाप पार्नु

परिभाषा:

शब्दावली "उपभोग गर्नु" को शाब्दिक अर्थ केही कुराहरू प्रयोग गर्नु भन्‍ने बुझिन्छ । यसका केही आलङ्कारिक अर्थहरू छन् ।

  • बाइबलमा “उपभोग गर्नु” ले अक्सर कुनै थोक वा मानिसहरूलाई नष्‍ट पार्ने कुरोलाई जनाउँछ ।
  • आगोले कुनै थोकहरूलाई सखाप पार्छ भनिन्छ, जसको अर्थ यसले तिनीलाई जलाएर नष्‍ट पार्छ भन्‍ने हुन्छ ।
  • परमेश्‍वरलाई “भस्म पार्ने आगो”को रूपमा उल्लेख गरिएको छ,जुनचाहिँ पापको विरूद्धमा उहाँको रिसको वर्णन हो । पश्‍चात्ताप नगर्ने पापीहरूका निम्ति उहाँको रिसको डरलाग्दो दण्ड हुन्छ ।
  • खानालाई उपभोग गर्नुको अर्थ त्यसलाई खानु वा पिउनु हो ।
  • पदावली “देश सखाप पार्नु” लाई “देशलाई नष्‍ट पार्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • भूमि वा मानिसहरूको भस्म गर्ने सन्दर्भमा, यो शब्दलाई "नष्ट" भनेर अनुवाद गर्न सकिन्छ ।
  • आगोले भस्म पर्ने भनी उल्लेख गर्दा यसलाई "डढाउँछ" भनी अनुवाद गर्न सकिन्छ ।
  • मोशाले जलिरहेको देखेका झाडी "भस्म भएको थिएन" भन्‍ने वाक्यांशलाई "जलेको थिएन" वा "खरानी भएको थिएन" भनी अनुवाद गर्न सकिन्छ ।
  • खाने सन्दर्भमा, यसलाई "खानु" वा "सिद्ध्याउनु" भनेर अनुवाद गर्न सकिन्छ ।
  • यदि कसैको शक्ति "भस्म हुन्छ" भने, यसको अर्थ उसको शक्ति "पूर्ण रूपमा सिद्धियो" वा "पूर्ण रूपमा रित्तियो" भन्‍ने हुन्छ ।
  • “परमेश्‍वर भस्म गर्ने आगो हुनुहुन्छ” भन्‍ने वाक्यांशलाई “परमेश्‍वर डढाउने आगोजस्तो हुनुहुन्छ” वा “परमेश्‍वर पापको विरूद्ध क्रोधित हुनुहुन्छ र पापीहरूलाई आगोलेझैँ नाश गर्नुहुनेछ” भनी अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: सखाप पार्नु, क्रोध)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H0398, H0402, H1086, H1104, H1197, H2628, H3615, H3617, H3857, H4529, H5595, H8046, H8552, G03550, G26180, G26540, G27190, G53150