ne_tw/bible/other/biblicaltimewatch.md

2.3 KiB
Raw Permalink Blame History

पहर (बाइबलीय समय)

परिभाषा:

बाइबलको समयमा “पहर” रातको समय अवधि थियो, जुन बेला शत्रुबाट आउने कुनै पनि खतरा हेर्ने कर्त्तव्य उक्त सहरको पहरेदार वा पालेको हुन्थ्यो ।

  • पुरानो करारमा इस्राएलीहरूका तीन पहरहरू थिए, जसलाई “सुरू” (सूर्यास्देतखि राति १० बजेसम्म), “मध्य” (राति १०-२ बजेसम्म) र “बिहान” (बिहान २ बजेदेखि सूर्योदयसम्म) पहर भनिन्थ्यो ।
  • नयाँ करारको समयमा यहूदीहरूले रोमी पद्धतिलाई अनुशरण गरे, जसमा चार पहरहरू थिएः “पहिलो” (सूर्यास्तदेखि राति ९ बजेसम्म), “दोस्रो” (राति ९ बजेदेखि १२ बजेसम्म), “तेस्रो” (राती १२ बजेदेखि बिहान ३ बजेसम्म) र “चौथो” (बिहान ३ बजेदेखि सूर्योदयसम्म।)
  • यिनीहरूलाई “अबेर साँझतिर” वा “मध्य रातमा” वा “बिहान सबेरै” भनी कुन पहरलाई जनाइएको हो त्यसअनुसार अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: पहर)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H0821, G54380