ne_tw/bible/other/basket.md

2.2 KiB
Raw Permalink Blame History

टोकरी, टोकरीभरि

परिभाषा:

“टोकरी” शब्दले बुनिएको सामग्रीबाट निर्मित भाँडोलाई जनाउँछ ।

  • बाइबलको समयमा सम्भवतः रुखका हाँगाहरू वा डाँठबाट निकालिएका बोक्राहरूजस्ता मजबुत बिरुवाका सामग्रीहरूले टोकरीहरू बुनिन्थ्यो ।
  • टोकरी तैरन सकोस् भनेर यसमा पानी नछिर्ने पदार्थले लेप लगाउन सकिन्थ्यो ।
  • मोशा शिशु हुँदा तिनकी आमाले पानी नछिर्ने टोकरी बनाएर मोशालाई त्यसैमा राखेर नील नदीका नर्कट घारीमा बगाइदिइन् ।
  • त्यस कथामा अनूदित “टोकरी” शब्द र नोआले निर्माण गरेको “जहाज” को लागि जनाउने शब्द उही हुन् । यी दुवै सन्दर्भमा यसको प्रयोगको साझा अर्थ “तैरने भाँडो” हुन सक्छ ।

(यो पनि हेर्नुहोस्: जहाज, मोशा, नील नदी, नोआ)

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H0374, H1731, H1736, H2935, H3619, H5536, H7991, G28940, G34260, G45530, G47110