ne_tw/bible/other/barley.md

2.0 KiB
Raw Permalink Blame History

जौ

परिभाषा:

“जौ” शब्दले अन्‍नको एउटा किसिमलाई जनाउँछ, जसलाई रोटी बनाउन प्रयोग गरिन्छ।

  • जौको बोटको लामो डाँठ हुन्छ, जसको टुप्पोमा बाला लाग्छ जहाँ दाना अर्थात् अन्‍न फल्छ।
  • जौ न्यानो मौसममा राम्ररी फल्छ। त्यसैले, यसलाई अक्सर वसन्त वा ग्रीष्म ऋतुमा कटनी गरिन्छ।
  • जौलाई चुट्दा खानयोग्य दानाहरूलाई बेकम्मा भुसबाट अलग गरिन्छ।
  • जौको दानालाई पिसेर पिठो बनाइन्छ, जसमा पानी वा तेल मिसाई रोटी बनाइन्छ।
  • जौ अज्ञात छ भने यसलाई “जौ भनिने अन्‍न” वा “जौ अन्‍न” भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: अज्ञातहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: जौ, [आतादको खला] (../other/thresh.md), [गहुँ] (../other/wheat.md))

बाइबल सन्दर्भहरू:

शब्द डेटा:

  • Strongs: H8184, G29150, G29160