ne_tw/bible/names/judasiscariot.md

36 lines
5.2 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# यहूदा इस्करियोत
## तथ्यहरूः
यहूदा इस्करियोत येशूका बाह्र जना प्रेरितमध्ये एक थियो । येशूलाई विश्‍वासघात गरेर यहूदी अगुवाहरूकहाँ सुम्पिने त्यही नै थियो ।
* “इस्करियोत” नाउँको अर्थ “करियोतबाट वा को” हुन सक्छ, सायद यसले यहूदा त्यो सहरमा हुर्केका थिए भन्‍ने दर्शारहेको छ ।
* यहूदा इस्करियोतले प्रेरितहरूको रुपियाँ-पैसाको बन्दोवस्त गर्थ्यो र त्यसबाट आफ्नो निम्ति प्रयोग गर्न नियमित रूपमा चोर्ने गर्थ्यो ।
* येशू कहाँ हुनुहुन्थ्यो भनी धार्मिक अगुवाहरूलाई जानकारी गराएर यहूदाले येशूलाई धोका दियो ताकि तिनीहरूले उहाँलाई पक्रनु सकून् ।
* धार्मिक अगुवाहरूले येशूलाई मृत्युदण्ड दिएपछि येशूलाई धोका दिएकोमा यहूदाले पछुतो लाग्यो, त्यसैले, त्यसले विश्‍वासघातको रुपियाँ-पैसा यहूदी अगुवाहरूलाई दियो आत्महत्या गर्‍यो ।
* येशूका अन्‍य प्रेरितहरूमध्‍ये एक जना याकूबका छोरा यहूदा थिए । उनी यहूदा इस्‍करियोत होइनन् ।
* येशूको एक जना भाईको नाउँ पनि यहूदा थियो । पछि उनी "यहूदा" भनेर चिनिए । उनी पनि यहूदा इस्‍करियोत थिएनन् ।
(अनुवादका निम्ति सुझावहरू: [नाहरू अनुवाद गर्नु](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [प्रेरित](../kt/apostle.md), [विश्‍वासघात गर्नु](../other/betray.md), [यहूदी अगुवाहरू](../other/jewishleaders.md), [याकूबका छोरा यहूदा](../names/judassonofjames.md))
## बाइबलका सन्दर्भहरूः
* [लूका ६ः१४-१६](rc://*/tn/help/luk/06/14)
* [लूका २२ः४७-४८](rc://*/tn/help/luk/22/47)
* [मर्कूस ३ः१९](rc://*/tn/help/mrk/03/19)
* [मर्कूस १४ः१०-११](rc://*/tn/help/mrk/14/10)
* [मत्ती २६ः२३-२५](rc://*/tn/help/mat/26/23)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* __[३८ः२](rc://*/tn/help/obs/38/02)__ येशूका चेलाहरूमध्ये एक जनाको नाउँ __यहूदा__ थियो । … येशू र चेलाहरू यरूशलेम आइपुगेपछि __यहूदा__ यहूदी अगुवाहरूकहाँ गयो र रुपियाँ-पैसा पाउने सर्तमा त्यसले येशूलाई धोका दिने प्रस्ताव राख्यो ।
* __[३८ः३](rc://*/tn/help/obs/38/03)__ प्रधान पूजाहारीद्वारा नेतृत्व गरिएका यहूदी अगुवाहरूले येशूलाई धोका दिन __यहूदा__लाई चाँदीका तिस टुक्रा दिए ।
* __[३८ः१४](rc://*/tn/help/obs/38/14)__ __यहूदा__ यहूदी अगुवाहरू, सिपाहीहरू र ठुलो भिड लिएर आयो । तिनीहरू सबैले तरवार र लाठाहरू बोकेका थिए । __यहूदा__ येशूकहाँ र भन्यो, “गुरुज्यू, अभिवादन !” र त्यसले उहाँलाई चुम्बन गर्‍यो ।
* __[३९ः८](rc://*/tn/help/obs/39/08)__ त्यति नै खेर धोकेबाज __यहूदा__ले यहूदी अगुवाहरूले येशूलाई मृत्युदण्डको लागि सुम्पिएको देख्यो । त्यो शोकाकुल भयो अनि गएर त्यसले आत्महत्या गर्‍यो ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: G24550, G24690