ne_tw/bible/kt/trespass.md

33 lines
3.4 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# अपराध
## परिभाषा:
“अपराध” गर्नुको अर्थ हुन्छ‒ नियम भङ्ग गर्नु वा अर्को व्यक्‍तिको अधिकारको विपरीत काम गर्नु । यो शब्‍द प्रायः लाक्षणिक रूपमा प्रयोग गरिन्‍छ, जसको अर्थ कानून तोड्नु वा अर्को व्‍यक्‍तिको अधिकार उल्‍लङ्घन गर्नु हो।
* यो शब्‍द "उल्‍लङ्घन" सगँ धेरै मिल्‍दोजुल्‍दो छ तर सामान्‍यतया परमेश्‍वरको विसुद्धमा भन्‍दा अन्‍य मानिसहरूको विरुद्धको  उल्‍लङ्घनको वर्णन गर्न प्रयोग गरिन्‍छ।
* अपराध नैतिक वा नागरिक नियमको उल्लङ्घन अथवा अर्को व्यक्‍तिको विरुद्धमा गरिने पाप हुन सक्छ ।
* अपराध अर्को व्‍यक्‍ति विरुद्ध गरिएको पाप पनि हुन सक्‍छ।
* खास गरी परमेश्‍वरको आज्ञा नमान्‍ने सम्बन्धमा यो शब्द “पाप” र “उल्लङ्घन” सित सम्बन्धित छ । सबै पाप परमेश्‍वरको विरुद्धमा गरिने अपराध हुन् ।
## अनुवादका लागि सुझावहरूः
* सन्दर्भमा आधारित रहेर “को विरुद्धमा अपराध गर्नु” लाई “को विरुद्धमा पाप गर्नु” वा “नियम तोड्नु” भनी अनुवाद गर्न सकिन्छ ।
* केही भाषाहरूमा “रेखा पार गर्नु” भन्‍ने टुक्‍का हुन सक्छ जसलाई “अपराध” गर्नुको अनुवादको लागि प्रयोग गर्न सकिन्छ ।
* बाइबलीय खण्डको वरिपरिको अर्थसित यो शब्द कसरी मेल खान्छ भनी ख्याल गर्नुहोस् र उस्तै अर्थ भएका शब्दहरू (जस्तैः “उल्लङ्घन” र “पाप” ) सित यसलाई तुलना गर्नुहोस् ।
(हेर्नुहोस्ः अनाज्ञाकारी, अधर्म, पाप)
## बाइबलका सन्दर्भहरूः
* १ शमूएल २५:२७-२८
* २ इतिहास २६:१६-१८
* कलस्सी ०२:१६-१८
* एफिसी ०२:१-३
* इजकिएल १५:७-८
* रोमी ०५:१६-१७
* रोमी ०५:२०-२१
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0816, H0817, H0819, H2398, H4603, H4604, H6586, H6588, G02640, G39000