ne_tw/bible/kt/trespass.md

3.4 KiB

अपराध

परिभाषा:

“अपराध” गर्नुको अर्थ हुन्छ‒ नियम भङ्ग गर्नु वा अर्को व्यक्‍तिको अधिकारको विपरीत काम गर्नु । यो शब्‍द प्रायः लाक्षणिक रूपमा प्रयोग गरिन्‍छ, जसको अर्थ कानून तोड्नु वा अर्को व्‍यक्‍तिको अधिकार उल्‍लङ्घन गर्नु हो।

  • यो शब्‍द "उल्‍लङ्घन" सगँ धेरै मिल्‍दोजुल्‍दो छ तर सामान्‍यतया परमेश्‍वरको विसुद्धमा भन्‍दा अन्‍य मानिसहरूको विरुद्धको  उल्‍लङ्घनको वर्णन गर्न प्रयोग गरिन्‍छ।
  • अपराध नैतिक वा नागरिक नियमको उल्लङ्घन अथवा अर्को व्यक्‍तिको विरुद्धमा गरिने पाप हुन सक्छ ।
  • अपराध अर्को व्‍यक्‍ति विरुद्ध गरिएको पाप पनि हुन सक्‍छ।
  • खास गरी परमेश्‍वरको आज्ञा नमान्‍ने सम्बन्धमा यो शब्द “पाप” र “उल्लङ्घन” सित सम्बन्धित छ । सबै पाप परमेश्‍वरको विरुद्धमा गरिने अपराध हुन् ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “को विरुद्धमा अपराध गर्नु” लाई “को विरुद्धमा पाप गर्नु” वा “नियम तोड्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही भाषाहरूमा “रेखा पार गर्नु” भन्‍ने टुक्‍का हुन सक्छ जसलाई “अपराध” गर्नुको अनुवादको लागि प्रयोग गर्न सकिन्छ ।
  • बाइबलीय खण्डको वरिपरिको अर्थसित यो शब्द कसरी मेल खान्छ भनी ख्याल गर्नुहोस् र उस्तै अर्थ भएका शब्दहरू (जस्तैः “उल्लङ्घन” र “पाप” ) सित यसलाई तुलना गर्नुहोस् ।

(हेर्नुहोस्ः अनाज्ञाकारी, अधर्म, पाप)

बाइबलका सन्दर्भहरूः

  • १ शमूएल २५:२७-२८
  • २ इतिहास २६:१६-१८
  • कलस्सी ०२:१६-१८
  • एफिसी ०२:१-३
  • इजकिएल १५:७-८
  • रोमी ०५:१६-१७
  • रोमी ०५:२०-२१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0816, H0817, H0819, H2398, H4603, H4604, H6586, H6588, G02640, G39000