ne_tw/bible/kt/sabbath.md

44 lines
5.2 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# शबाथ
## परिभाषा:
“शबाथ” शब्दले हप्‍ताको सातौं दिनलाई जनाउँछ, जसलाई परमेश्‍वरले विश्राम वा काम नगर्ने दिनको रूपमा छुट्ट्याउन इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।
* परमेश्‍वरले छ दिनमा संसारलाई सृष्‍टि गर्न सिद्धयाउनुभयो र सातौं दिनमा विश्राम लिनुभयो । त्यसैगरी परमेश्‍वरले सातौं दिनलाई उहाँको आराधना गर्न र विश्राम गर्नलाई एउटा विशेष दिनको रूपमा छुट्टयाउन इस्राएलीहरूलाई आज्ञा गर्नुभयो ।
* “शबाथ दिनलाई पवित्र मान्‍नू” भन्‍ने आज्ञा परमेश्‍वरले इस्रायलीहरूका निम्ति दिनुभएको ढुङ्गाको पाटीमा परमेश्‍वरले लेख्‍नुभएको दश आज्ञाहरू मध्ये एउटा हो ।
* यहूदीहरूको दिन गन्‍ती गर्ने पद्धतिअनुसार, शबाथ शुक्रबारको सुर्यास्तबाट सुरु हुन्छ र शनिबारको सुर्यास्तसम्म रहन्छ ।
* कहिलेकाहीँ बाइबलमा शबाथलाई शबाथ मात्र नभनी "शबाथ दिन" भनिन्छ ।
## अनुवादका निति सुझावहरूः
* यसलाई “विश्राम गर्ने दिन” वा “विश्रामको निम्ति दिन” वा “काम नगर्ने दिन” वा “परमेश्‍वरको विश्रामको दिन” भनी अनुवाद गर्न सकिन्छ ।
* केही अनुवादहरूले यसलाई विशेष दिनको रूपमा देखाउनलाई “शबाथ दिन” वा “विश्राम गर्ने दिन” का सुरुका अक्षरलाई ठुलो वर्णमा लेख्छन् (नोटः नेपालीमा साना र ठुला वर्ण नभएका हुनाले, यो नेपलाीमाचाहिँ सम्भव हुँदेैन ।)।
* तपाईंको स्थानीय वा राष्‍ट्रिय भाषामा कसरी अनुवाद गरिएको छ सो हेर्नुहोस् ।
(यो पनि हेर्नुहोस्: [अज्ञातहरूलाई कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-unknown))
(यो पनि हेर्नुहोस्: [विश्राम](../other/rest.md))
## बाइबलका खण्डहरूः
* [२ इतिहास ३१ः२-३](rc://*/tn/help/2ch/31/02)
* [प्रेरित १३ः२६-२७](rc://*/tn/help/act/13/26)
* [प्रस्थान ३१ः१४](rc://*/tn/help/exo/31/14)
* [यशैया ५६ः६-७](rc://*/tn/help/isa/56/06)
* [विलाप २ः६](rc://*/tn/help/lam/02/06)
* [लेवी १९ः३](rc://*/tn/help/lev/19/03)
* [लूका १३ः१४](rc://*/tn/help/luk/13/14)
* [मर्कूस २ः२७](rc://*/tn/help/mrk/02/27)
* [मत्ती १२ः२](rc://*/tn/help/mat/12/02)
* [नहेम्याह १०ः३२-३३](rc://*/tn/help/neh/10/32)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरू
* __[१३ः५](rc://*/tn/help/obs/13/05)__ “__शबाथ दिन__लाई सदैव पवित्र राख्‍नू । अर्थात, तिमीहरूका सबै कामहरू छ दिनसम्म गर्नू, किनभने सातौं दिन तिमीहरूले विश्राम गर्ने र मलाई आदर गर्ने दिन हो ।”
* __[२६ः२](rc://*/tn/help/obs/26/02)__ येशू उहाँको बाल्यकाल बिताउनुभएको नासरतको नगरतिर जानुभयो । __शबाथ__मा, उहाँ आराधना गर्ने ठाउँमा जानुभयो ।
* __[४१ः३](rc://*/tn/help/obs/41/03)__ येशू गाडिएको भोलिपल्ट __शबाथ__ दिन थियो, त्यसैले यहूदीहरूलाई त्यस दिन चिहानमा जान दिइएन ।
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H4868, H7676, H7677, G43150, G45210