ne_tw/bible/kt/sabbath.md

5.2 KiB
Raw Permalink Blame History

शबाथ

परिभाषा:

“शबाथ” शब्दले हप्‍ताको सातौं दिनलाई जनाउँछ, जसलाई परमेश्‍वरले विश्राम वा काम नगर्ने दिनको रूपमा छुट्ट्याउन इस्राएलीहरूलाई आज्ञा दिनुभयो ।

  • परमेश्‍वरले छ दिनमा संसारलाई सृष्‍टि गर्न सिद्धयाउनुभयो र सातौं दिनमा विश्राम लिनुभयो । त्यसैगरी परमेश्‍वरले सातौं दिनलाई उहाँको आराधना गर्न र विश्राम गर्नलाई एउटा विशेष दिनको रूपमा छुट्टयाउन इस्राएलीहरूलाई आज्ञा गर्नुभयो ।
  • “शबाथ दिनलाई पवित्र मान्‍नू” भन्‍ने आज्ञा परमेश्‍वरले इस्रायलीहरूका निम्ति दिनुभएको ढुङ्गाको पाटीमा परमेश्‍वरले लेख्‍नुभएको दश आज्ञाहरू मध्ये एउटा हो ।
  • यहूदीहरूको दिन गन्‍ती गर्ने पद्धतिअनुसार, शबाथ शुक्रबारको सुर्यास्तबाट सुरु हुन्छ र शनिबारको सुर्यास्तसम्म रहन्छ ।
  • कहिलेकाहीँ बाइबलमा शबाथलाई शबाथ मात्र नभनी "शबाथ दिन" भनिन्छ ।

अनुवादका निति सुझावहरूः

  • यसलाई “विश्राम गर्ने दिन” वा “विश्रामको निम्ति दिन” वा “काम नगर्ने दिन” वा “परमेश्‍वरको विश्रामको दिन” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही अनुवादहरूले यसलाई विशेष दिनको रूपमा देखाउनलाई “शबाथ दिन” वा “विश्राम गर्ने दिन” का सुरुका अक्षरलाई ठुलो वर्णमा लेख्छन् (नोटः नेपालीमा साना र ठुला वर्ण नभएका हुनाले, यो नेपलाीमाचाहिँ सम्भव हुँदेैन ।)।
  • तपाईंको स्थानीय वा राष्‍ट्रिय भाषामा कसरी अनुवाद गरिएको छ सो हेर्नुहोस् ।

(यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: विश्राम)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरू

  • १३ः५ “__शबाथ दिन__लाई सदैव पवित्र राख्‍नू । अर्थात, तिमीहरूका सबै कामहरू छ दिनसम्म गर्नू, किनभने सातौं दिन तिमीहरूले विश्राम गर्ने र मलाई आदर गर्ने दिन हो ।”
  • २६ः२ येशू उहाँको बाल्यकाल बिताउनुभएको नासरतको नगरतिर जानुभयो । __शबाथ__मा, उहाँ आराधना गर्ने ठाउँमा जानुभयो ।
  • ४१ः३ येशू गाडिएको भोलिपल्ट शबाथ दिन थियो, त्यसैले यहूदीहरूलाई त्यस दिन चिहानमा जान दिइएन ।

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H4868, H7676, H7677, G43150, G45210