ne_tw/bible/kt/mosthigh.md

2.2 KiB
Raw Permalink Blame History

सर्वोच्‍च

तथ्यहरू

“सर्वोच्‍च” शब्द परमेश्‍वरका निम्ति एउटा दर्ज्यानी हो । यसले उहाँको महान्‌ता वा अख्तियारलाई जनाउँछ ।

  • यो शब्दको अर्थ “सम्प्रभु” वा “सर्वोच्‍च” सँग मिल्दो छ ।
  • यस उपाधिमा भएको “उच्‍च” शब्दले भौतिक उचाइ वा दूरीलाई जनाउँदैन । यसले महान्‌तालाई जनाउँछ ।

अनुवादका निम्ति सुझावहरू

  • यो शब्दलाई “सर्वोच्‍च परमेश्‍वर” वा “सर्वोच्‍च जन” वा “सबैभन्दा महान्” वा “सबैभन्दा उच्‍च परमेश्‍वर" वा "महान् जन" वा "सर्वोच्‍च जन" वा "सबै भन्दा महान् परमेश्‍वर” भनी अनुवाद गर्न सकिन्छ ।
  • “उच्‍च” शब्द प्रयोग गर्दा, यसको भौतिक उचाइ वा अग्लोलाई नजनाओस् ।

(हेर्नुहोस्: परमेश्‍वर)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H5945, G53100