ne_tw/bible/kt/minister.md

31 lines
4.2 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# सेवा गर्नु/सेवक, सेवा-कार्य
## परिभाषा:
बाइबलमा, “सेवा गर्नु” र “सेवा-कार्य” भन्‍ने शब्दले मानिसहरूलाई परमेश्‍वरको बारेमा सिकाउँदै र उनीहरूको आत्मिक खाँचोको वास्ता राख्दै सेवा गर्ने कामलाई जनाउँछ । “सेवक” भन्‍ने शब्दले यसरी मानिसहरूको सेवा गर्ने व्यक्त्तिलाई जनाउँछ ।
* पुरानो करारमा, पूजाहारीले परमेश्‍वरको मन्दिरमा बलिदान चढाउँदै उहाँको “सेवा “गर्थे ।
* उनीहरूको “सेवा-कार्य” मा मन्दिरको हेरचाह गर्ने र मानिसहरूको पक्षमा परमेश्‍वरकहाँ प्रार्थना चढाउने काम पनि पर्दथ्यो ।
* नयाँ करारमा, सुसमाचारको “सेवक” भन्‍नाले मानिसहरूलाई येशूमा विश्‍वासद्वारा पाइने उद्धारको सन्देश सुनाउने व्यक्त्ति बुझिन्छ । कहिले कहीं सेवकलाई “दास” पनि भनिएको छ ।
* मानिसहरूप्रति सेवकको काममा उनीहरूलाई परमेश्‍वरको बारेमा सिकाएर उनीहरूलाई आत्मिक रूपमा सेवा पनि गर्नुपर्छ ।
* यसमा मानिसहरूलाई भौतिक रूपमा सेवा गर्ने काम पनि पार्न सक्छ, जस्तैः बिरामीहरूको हेरचाह गर्नु र गरिबहरूलाई भोजन दिनु ।
## अनुवादका लागि सुझावहरू
* मानिसहरूको सेवा गर्ने प्रसङ्गमा, “सेवा-कार्य गर्नु” लाई “सेवा गर्नु” वा “हेरचाह गर्नु” वा “खाँचो पूरा गर्नु” भनेर अनुवाद गर्न सकिन्छ ।
* मन्दिरमा सेवा गर्नु भन्‍ने प्रसङ्गमा, “सेवा गर्नु” लाई “मन्दिरमा परमेश्‍वरको सेवा गर्नु” वा “मानिसहरूका तर्फबाट परमेश्‍वरमा बलिदान चढाउनु” भनेर अनुवाद गर्न सकिन्छ ।
* परमेश्‍वरको सेवा गर्नु भन्‍ने प्रसङ्गमा, यसलाई “सेवा गर्नु” वा “परमेश्‍वरको लागि काम गर्नु” भनेर अनुवाद गर्न सकिन्छ ।
* “सेवा गरे” भन्‍ने पदावलीलाई “हेरचाह गरे” वा “जुटाइ दिए” वा “सहायता गरे” का रूपमा पनि अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः सेवा, बलिदान)
## बाइबलका सन्दर्भहरूः
* २ शामूएल २०ः२३-२६
* प्रेरित ६ः४
* प्रेरित २१ः१७-१९
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H6399, H8120, H8334, H8335, G12470, G12480, G12490, G20230, G20380, G24180, G30080, G30090, G30100, G30110, G39300, G52560, G52570, G55240