ne_tw/bible/kt/minister.md

4.2 KiB

सेवा गर्नु/सेवक, सेवा-कार्य

परिभाषा:

बाइबलमा, “सेवा गर्नु” र “सेवा-कार्य” भन्‍ने शब्दले मानिसहरूलाई परमेश्‍वरको बारेमा सिकाउँदै र उनीहरूको आत्मिक खाँचोको वास्ता राख्दै सेवा गर्ने कामलाई जनाउँछ । “सेवक” भन्‍ने शब्दले यसरी मानिसहरूको सेवा गर्ने व्यक्त्तिलाई जनाउँछ ।

  • पुरानो करारमा, पूजाहारीले परमेश्‍वरको मन्दिरमा बलिदान चढाउँदै उहाँको “सेवा “गर्थे ।
  • उनीहरूको “सेवा-कार्य” मा मन्दिरको हेरचाह गर्ने र मानिसहरूको पक्षमा परमेश्‍वरकहाँ प्रार्थना चढाउने काम पनि पर्दथ्यो ।
  • नयाँ करारमा, सुसमाचारको “सेवक” भन्‍नाले मानिसहरूलाई येशूमा विश्‍वासद्वारा पाइने उद्धारको सन्देश सुनाउने व्यक्त्ति बुझिन्छ । कहिले कहीं सेवकलाई “दास” पनि भनिएको छ ।
  • मानिसहरूप्रति सेवकको काममा उनीहरूलाई परमेश्‍वरको बारेमा सिकाएर उनीहरूलाई आत्मिक रूपमा सेवा पनि गर्नुपर्छ ।
  • यसमा मानिसहरूलाई भौतिक रूपमा सेवा गर्ने काम पनि पार्न सक्छ, जस्तैः बिरामीहरूको हेरचाह गर्नु र गरिबहरूलाई भोजन दिनु ।

अनुवादका लागि सुझावहरू

  • मानिसहरूको सेवा गर्ने प्रसङ्गमा, “सेवा-कार्य गर्नु” लाई “सेवा गर्नु” वा “हेरचाह गर्नु” वा “खाँचो पूरा गर्नु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • मन्दिरमा सेवा गर्नु भन्‍ने प्रसङ्गमा, “सेवा गर्नु” लाई “मन्दिरमा परमेश्‍वरको सेवा गर्नु” वा “मानिसहरूका तर्फबाट परमेश्‍वरमा बलिदान चढाउनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरको सेवा गर्नु भन्‍ने प्रसङ्गमा, यसलाई “सेवा गर्नु” वा “परमेश्‍वरको लागि काम गर्नु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “सेवा गरे” भन्‍ने पदावलीलाई “हेरचाह गरे” वा “जुटाइ दिए” वा “सहायता गरे” का रूपमा पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः सेवा, बलिदान)

बाइबलका सन्दर्भहरूः

  • २ शामूएल २०ः२३-२६
  • प्रेरित ६ः४
  • प्रेरित २१ः१७-१९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6399, H8120, H8334, H8335, G12470, G12480, G12490, G20230, G20380, G24180, G30080, G30090, G30100, G30110, G39300, G52560, G52570, G55240