ne_tw/bible/kt/manna.md

31 lines
2.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# मन्‍न
## परिभाषा:
मन्‍न रोटी जस्तै पातलो भोजन थियो जुन चाँहि इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेपछि उजाड-स्थानमा परमेश्‍वरले तिनीहरूलाई जुटाइदिनुभएको थियो ।
* प्रत्येक बिहान शीतसँगै मन्‍न सेतो पत्रको रूपमा बर्सन्थ्यो । इस्राएलीहरूले शबाथ दिनबाहेक अरू प्रत्येक दिन मन्‍न बटुल्थे अनि यसले प्रत्येकको लागि अघाउन्जेल ठीक्‍क पुग्थ्यो ।
* इस्राएलीहरूले शबाथको दिन बाहेक हरेक दिन मन्‍न जम्‍मा गर्थे।
* सबाथ दिनभन्दा अगिल्लो दिन, परमेश्‍वरले इस्राएलीहरूलाई दुई गुणा बढी बटुल्ने आदेश दिनुभयो, ताकि भोलिपल्ट उनीहरूले बटुल्नु नपरोस् ।
* “मन्‍न” शब्दको अर्थ “यो के हो ?” भन्‍ने हुन्छ ।
* बाइबलमा तन्‍नलाई "स्‍वर्गबाट आएको रोटी" र "स्‍वर्गबाट आएको अन्‍न" पनि भनिएको छ।
## अनुवादका लागि सुझावहरू
* यो शब्द अनुवाद गर्ने अन्य तरिका यस्ता हुन्छन्ः “पातलो सेतो अन्‍नका पत्रहरू” वा “स्वर्गबाटको अन्‍न” ।
* यो शब्दलाई कुनै स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबलमा कसरी अनुवाद गरिएको छ, त्यो विचार गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः  रोटी, मरूभूमि, अन्‍न, स्‍वर्ग, शबाथ)
## बाइबलका सन्दर्भहरूः
* व्‍यवस्‍था ८ः३
* प्रस्‍थान १६ः२७
* हिब्रू ९ः३-५
* यूहन्‍ना ६ः३०-३१
* यहोशू ५ः१२
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4478, G31310