ne_tw/bible/kt/manna.md

2.9 KiB

मन्‍न

परिभाषा:

मन्‍न रोटी जस्तै पातलो भोजन थियो जुन चाँहि इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेपछि उजाड-स्थानमा परमेश्‍वरले तिनीहरूलाई जुटाइदिनुभएको थियो ।

  • प्रत्येक बिहान शीतसँगै मन्‍न सेतो पत्रको रूपमा बर्सन्थ्यो । इस्राएलीहरूले शबाथ दिनबाहेक अरू प्रत्येक दिन मन्‍न बटुल्थे अनि यसले प्रत्येकको लागि अघाउन्जेल ठीक्‍क पुग्थ्यो ।
  • इस्राएलीहरूले शबाथको दिन बाहेक हरेक दिन मन्‍न जम्‍मा गर्थे।
  • सबाथ दिनभन्दा अगिल्लो दिन, परमेश्‍वरले इस्राएलीहरूलाई दुई गुणा बढी बटुल्ने आदेश दिनुभयो, ताकि भोलिपल्ट उनीहरूले बटुल्नु नपरोस् ।
  • “मन्‍न” शब्दको अर्थ “यो के हो ?” भन्‍ने हुन्छ ।
  • बाइबलमा तन्‍नलाई "स्‍वर्गबाट आएको रोटी" र "स्‍वर्गबाट आएको अन्‍न" पनि भनिएको छ।

अनुवादका लागि सुझावहरू

  • यो शब्द अनुवाद गर्ने अन्य तरिका यस्ता हुन्छन्ः “पातलो सेतो अन्‍नका पत्रहरू” वा “स्वर्गबाटको अन्‍न” ।
  • यो शब्दलाई कुनै स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबलमा कसरी अनुवाद गरिएको छ, त्यो विचार गर्नुहोस् । (हेर्नुहोस्ः अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः  रोटी, मरूभूमि, अन्‍न, स्‍वर्ग, शबाथ)

बाइबलका सन्दर्भहरूः

  • व्‍यवस्‍था ८ः३
  • प्रस्‍थान १६ः२७
  • हिब्रू ९ः३-५
  • यूहन्‍ना ६ः३०-३१
  • यहोशू ५ः१२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4478, G31310