ne_tw/bible/kt/jealous.md

3.8 KiB
Raw Permalink Blame History

डाही, डाह

परिभाषा:

“डाही” र “डाह” शब्दहरूले सम्बन्धको शुद्धतालाई जोगाउने दृढ इच्छालाई जनाउँछन् । तिनले कुनै व्यक्‍ति वा वस्तुलाई अधिकार गर्ने दृढ इच्छालाई पनि जनाउन सक्छन् ।

  • आफ्नो वैवाहिक सम्बन्धमा अविश्‍वासयोग्य हुने पत्‍नी वा पतिप्रति देखाइने रिसको भावनालाई बयान गर्न पनि यी शब्दहरू अक्सर प्रयोग गरिन्छन् ।
  • यी शब्दहरूलाई बाइबलमा प्रयोग गरिँदा अक्सर परमेश्‍वरका मानिसहरू पापबाट शुद्ध र दाखरहित हुनुपर्छ भन्‍ने परमेश्‍वरको कडा इच्छालाई जनाउन तिनको प्रयोग गरिएका छन् ।
  • आफ्नो नाउँको लागि परमेश्‍वर “डाही” हुनुहुन्छ, अर्थात् यसलाई आदर र सम्मानसाथ व्यवहार गरिनुपर्छ ।
  • डाहीको अर्को अर्थमा कुनै व्यक्‍ति सफल हुँदा वा लोकप्रिय हुँदा त्यसप्रति रिसाउने कुरा पनि पर्छ । यो “ईर्ष्या” को अर्थसित नजिक छ ।

अनुवादका लागि सुझावहरूः

  • “डाही” शब्दलाई “दृढ सुरक्षात्मक इच्छा” वा “अधिकार गर्ने इच्छा” भनी अनुवाद गर्न सकिन्छ ।
  • “डाह” शब्दलाई “दृढ सुरक्षात्मक भावना” वा “अधिकार गर्ने भावना” भनी अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरको बारेमा चर्चा गर्दा, यी शब्दहरूले कसैको विरुद्ध नाराज हुने भावना राख्‍ने नकारात्मक अर्थ नलागोस् ।
  • बढी सफलता हासिल गरेका अरू मानिसहरूप्रति रिसको गलत भावना राख्‍ने सन्दर्भमा “ईर्ष्यालु” वा “ईर्ष्या” शब्दहरूलाई प्रयोग गर्न सकिन्छन् । तर यी शब्दहरू परमेश्‍वरको लागि भने प्रयोग गरिनुहुँदैन ।

(यो पनि हेर्नुहोस्: ईर्ष्या)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H7065, H7067, H7068, H7072, G22050, G38630