ne_tw/bible/kt/exalt.md

3.1 KiB
Raw Permalink Blame History

उच्‍च पार्नु, उच्‍च पारेको, उचाल्ने काम

परिभाषा:

उच्‍च पार्नु भनेको कसैको उच्‍च प्रशंसा गर्नु र आदर गर्नु हो । यसको अर्थ कसैलाई उच्‍च पदमा राख्‍नु पनि हो ।

  • बाइबलमा “उच्‍च पार्नु” शब्द प्राय परमेश्‍वरको प्रशंसा गर्नको निम्ति प्रयोग गरिन्छ ।
  • जब कुनै व्यक्तिले आफैँलाई उच्‍च पार्छ, यसको अर्थ उसले आफूलाई घमण्डी वा अहङ्‌कारी तवरले सोचिरहेको हुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • "उच्‍च पार्नु" लाई अनुवाद गर्ने तरिकाहरूमा "उच्‍च प्रशंसा गर्नु" वा "अति आदर गर्नु" वा "गुणगान गाउनु" वा "उच्च पारेर बोल्नु" पर्न सक्‍छन् ।
  • केही सन्‍दर्भहरूमा यसलाई "उच्‍च स्‍थानमा राख्‍नु" वा "धेरै आदर दिनु" वा "गर्वसाथ कुरा गर्नु" भन्‍ने अर्थ दिने शब्द वा वाक्यांश प्रयोग गरेर अनुवाद गर्न सकिन्छ ।
  • "आफूलाई उच्‍च नपार" लाई "आफूलाई धेरै उच्‍च नठान" वा "आफ्‍नो बारे घमण्‍ड नगर" भनी अनुवाद गर्न सकिन्‍छ ।
  • "आफैलाई उच्‍च पार्नेहरू"लाई "आफ्‍नो बारेमा गर्वसाथ सोच्‍नेहरू" वा "आफ्‍नो बारे घमण्‍ड गर्नेहरू" भनी अनुवाद गर्न सकिन्‍छ।

(यो पनि हेर्नुहोस्: प्रशंसा, आराधना, महिमा, घमण्ड, गर्व)

बाइबलका सन्दर्भहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H1361, H4984, H5375, H5549, H5927, H7311, H7426, H7682, G18690, G52290, G52510, G53110, G53120