ne_tw/bible/kt/dominion.md

2.2 KiB

प्रभुत्व

परिभाषा:

कुनै मानिस, जनावरहरू वा जमिनमाथि शक्‍ति चलाउनु, नियन्‍त्रण गर्नु वा अधिकार चलाउनुलाई “प्रभुत्व” भनिन्छ ।

  • येशू ख्रीष्‍टले अगमवक्ता, पूजाहारी, राजाको रूपमा सम्पूर्ण पृथ्वीमाथि आफ्नो अधिकार भएको कुरा बताउनुभयो ।
  • येशूको क्रूसको मृत्युले शैतानको प्रभुत्वलाई सदाको लागि जितेको छ ।
  • सृष्‍टिको बेलामा परमेश्‍वरले माछाहरू, चराहरू र पृथ्वीका सबै जीव जन्तुहरूमाथि प्रभुत्व चलाउने अधिकार मानिसलाई दिनुभयो ।

अनुवादका लागि सुझावहरूः

  • सन्‍दर्भमा निर्भर गर्दै, यो शब्‍दलाई अनुवाद गर्ने अन्‍य तरिकाहरूमा "अधिकार" वा "शक्‍ति" वा "नियन्‍त्रण" समावेश हुन सक्‍छ।
  • "मा प्रभुत्‍व प्राप्त" वाक्‍याशंलाई "शासन प्राप्त" वा "व्‍यवस्‍थापन गर्नु" को रूपमा अनुवाद गर्न सकिन्‍छ।

हेर्नुहोस्ः अधिकार, शक्‍ति

बाइबलका सन्दर्भहरूः

  • १ पत्रुस ५ः१०-११
  • कलस्‍सी १ः१३
  • यहुदा १ः२५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1166, H4474, H4475, H4896, H4910, H4915, H7287, H7300, H7980, H7985, G26340, G29040, G29610, G29630